नयाँ शक्ति अर्घाखाँचीको घोषणा पत्र सार्वजनिक, उमेदवार भन्छन् अरूले गर्छन् कुरा, हामीले गर्छौ पूरा । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नयाँ शक्ति अर्घाखाँचीको घोषणा पत्र सार्वजनिक, उमेदवार भन्छन् अरूले गर्छन् कुरा, हामीले गर्छौ पूरा ।



कमल बिस्ट /कार्तिक २३ अर्घाखाँची

नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । हामी सबैको एउटै रहर धुवाँधुलो रहित अर्घाखाँची हराभरा सहर अनुसार बाँगी खोला ,घोचे खोला ,भद्रिखोलामा करिडोर बनाउने प्रतिबद्धता जाहेर गरेको छ ।

नयाँशक्ति पार्टी नेपाल अर्घाखाँचीले सन्धिखर्कमा एक कार्यक्रम बिच उम्मेद्धवार परिचयात्मक तथा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो। स्थानीय तहको निर्वाचन सम्पन्न भई कार्यन्वयन चरणमा रहेको अवस्थामा मङ्सिर २१ गते हुने निर्बाचनकालाई लक्षित गरी आफना प्रतिबद्धता सार्वजनिक गरेको छ ।

नयाँ शक्तिका उमेदवारहरुले ठुला योजना भन्दा पनि जिल्लाको लागी आर्थिक सम्बृद्धि तर्फ उन्नमुख बनाउने सोचका साथ जिल्लामा अधिकतम काम गर्ने योजना लिएर जनता माझ जाने प्रतिनिधि सभा सदस्य उम्मेद्धवार छन्द पन्थीले बताए । उनले भने ‘अर्घाखाँची जिल्लामा एउटा बृहत् चक्रपथ बनाउने ,सालझण्डी सन्धिखर्क ढोरपाटन सड्क , सन्धिखर्क तम्घास सड्क दुई वर्षमा सम्पन्न गर्न पहल गरिने छ ।

सुपादेउराली र नरपानि क्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरी सुपादेउरालीमा बन्जि जम्प स्थापना गर्ने , निहाली ,लोहरी र खाँचीकोटमा भ्यू टावर बनाउने , र जिल्लाका पुरातात्विक सम्पदा ,संस्कति र जात्रा पर्वको संरक्षण गर्न ठोस योजना अगाडि बढाईने छ ’ ।सन्धिखर्कको टुडिखेलमा प्याराफिट र कर्भडहल बनाइने छ ।

नौमुरे जलबिद्युत आयोजना अगाडि बढाउने ,बन क्षेत्रलाई सदुपयोग गर्न ठुलो निर्यातमूलक प्लाइउड उद्योग स्थापना गर्ने लगाएतका प्रतिबद्धता जाहेर गरेका छन् । तपाईँले जितने आधार के हो ? भन्ने प्रश्नको जबाफमा पन्थीले भने नेपालका पुराना राजनैतिक दलहरूले कुरा मात्र गर्ने तर हामीले काम गर्ने तथा अबको पुस्ताहरुले विकल्प खोजेको छ । अब जिल्लामा तथा देशमा रहेको बेरोजगारि समस्या समाधानको लागी जिल्लामा कृषि तथा पर्यटन क्षेत्रको विकास गर्ने र जिल्लामा सम्भावित सिमेन्ट उद्योग स्थापन गरी जिल्ला बासीलाई रोजगारी सिर्जना गर्ने लगाएतका योजनाहरू कार्यन्वयन गर्ने भएको हुदाँनै मैले जितने आधार भएको बताए । केही नेताहरूले सस्तो लोकप्रियतको लागी रेल ल्याउने भाषण गरेके बताए ।

‘जिल्लामा बर्सेनि सड्क दुर्घटनाबाट मानिसहरूले अकालमा ज्यान गुमाएका छन् रेल भन्दा पनि सड्क सञ्जाल किकाश गर्नु पर्दछ ’ । अहिले भएको बाम गठबन्दन आफना परिवारलाई जिताउनको लागी केन्द्रका नेताहरूको मात्र गठबन्धन भएको प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार खिम बहादुर बि.क ले बताए । ‘बिचार र सिद्धान्त नमिलने पार्टीहरूको धुर्बिकरण सीमित स्वार्थको लागी भएको उनको दाबी थियो । उक्त कार्यक्रममा उपस्थित नयाँ शक्तिका सबै उमेदवारले अहिले सम्म ठुला भनिएका पुराना दलहरूले काम नभई कुरा मात्र गरेको बताउँदै अरूले कुरा मात्र गर्ने तर आफूहरूले पूरा गर्ने दाबी गरे ।