नयाँ शक्तिले चैत्र २० र २१ गते देशव्यापी निर्वाचन कार्यालयहरू घेर्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नयाँ शक्तिले चैत्र २० र २१ गते देशव्यापी निर्वाचन कार्यालयहरू घेर्ने



हिमाल पोस्ट /चैत्र १७  ।

नयाँ दलहरूको चुनावचिन्ह अपहरण गर्ने सिन्डिकेटवादी प्रवृत्ति र शक्तिहरूका विरूद्ध चैत्र २० र २१ गते देशव्यापी निर्वाचन कार्यालयहरू  नयाँ शक्तिले घेर्ने निर्णय गरेको छ ।

नयाँ शक्तिको दुइ दिने संघीय परिषद्को बैठक आसन्न सडक संघर्ष र चुनावी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने संकल्प सहित उल्लासमय रूपमा सम्पन्न भएको छ ।

केन्द्रीय परिषद वैठकमा सामाजिक सञ्जाल र सूचना प्रविधिका बारेमा मिडियाकर्मी, मिडिया अध्यता उज्ज्वल आचार्य प्रवचन दिएका थिए ।

केन्द्रीय परिषद अब संघीय परिषद हुनेछ । त्यस्तै प्रदेश परिषद, महानगर/उपमहानगर/नगर/गाउँपालिका परिषद हुने गरी विधान संशोधन गर्ने निर्णय भएको छ। त्यस्तै जिल्ला समितिहरु जिल्ला समन्वय समितिहरु हुनेछन ।