स्मार्ट काठमाडौं बनाउने नयाँ शक्ति उम्मेदवारका यस्ता छन योजना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

स्मार्ट काठमाडौं बनाउने नयाँ शक्ति उम्मेदवारका यस्ता छन योजना



हिमालपोष्ट/काठमाडौं, २४ वैशाख

स्थानिय तह निर्वाचनमा नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले आफ्ना योजना सार्वजनिक गरेका छन । महानगरको विकास र समृद्धिको आफ्नो मार्गचित्र उनिहरुले सार्वजनिक गरेका छन ।
महानगर प्रमुखमा पवित्र वज्रचार्य र उपप्रमुखमा सविना अर्यालको उम्मेदवारी दिएका छन । उनिहरुले महानगरमा अव्यवस्थित रुपमा रहेको सडकको व्यवस्थित निर्माण गर्ने प्रतिबद्धता जनाए । उपत्यकामा धुँवा र धुलोले मानिसको स्वास्थ्यमा गम्भीर असर गरिरहेकोले त्यको नियन्त्रण गर्ने गरी योजना ल्याएका छन । यस्तै सडक बत्ति, खानेपानी ढलनिकासमा विशेष जोड दिने गरि कार्यक्रम बनाएका छन। राजधानीमा पार्किङको व्यवस्था गर्ने अर्को योजना रहेको छ ।
पुरानो सहरको मौलिकता जोगाएर एकै दिनमा दशौँ हजार पर्यटक आकर्षित हुने आकर्षक क्षेत्रकोरुपमा विकास गर्ने उम्मेदवारहरुको विशेष योजना छ । काठमाडौँ जोड्ने तिव्रगतिको बाटोलाई यथाशिघ्र निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउन पहल गर्ने अर्को योजना छ । स्वास्थ्य विमाको व्यवस्था गरी उपचारलाई सबैको पहुँचमा पुर्‍याउने उनीहरुले बताएका छन ।
महानगरभित्रका विभिन्न क्षेत्रलाई शिक्षा स्वास्थ्य, सञ्चार, आवास, प्रशासनिक, कुटनीति, व्यापारिक, पर्यटकीय, सास्कृतिक आदि क्षेत्र तोकी व्यवस्थीत सहर बनाउने दूरदृष्टि सार्वजनिक गरिएको छ। महानगरपालिका भरी सिसिटिभिको सञ्जाल सहित स्मार्ट सुरक्षा नीति अपनाएर अपराधमुक्त सहरको रुपमा विकास गर्ने योजना रहेको उम्मेदवारले बताए ।
निम्न आयस्तर भएका जेष्ठ नागरिक, एकल महिलाहरुलाई जीविकोपार्जन गर्न सकिने गरी वृद्ध भत्ता र एकल महिला भत्ता वृद्धि गर्ने योजना समेत छ । भूकम्पले ध्वस्त भएका घर, सांस्कृतिक धरोहरहरुको पुनर्निमाण गर्ने समेत बताउनुभएको छ ।

उम्मेद्वारका योजनालाई बुँदागतरुपमा

१) व्यवस्थित सहर हाम्रो परिकल्पना
— काठमाडौँ महानगरपालिका (कामपा) लाई सास्कृतिक र पर्यटकिय तथा व्यापारिक सहरको रुपमा विकास गर्ने

—भ्रष्टाचरामुक्त महानगरपालिका बनाउने

—महानगरपालिकाभित्रका भुकम्पले प्रभावित घरहरु पुननिर्माणमा स्थानीय मौलिकरुपमा निर्माण गर्ने घरहरुलाई विशेष अनुदान दिने । त्यसरी निर्माण गर्दा महानगरपालिकाले आर्थिक लगानीका साथै एकीकृत वस्ती विकास गर्न जोड दिने ।

—काठमाडौँ महानगरपालिका भित्रका अव्यवस्थित रुपमा रहेको सडक मर्मत धुँवा धुलो, सडक बत्ति, खानेपानी ढलनिकास पार्किङको व्यवस्था गर्ने ।

—गैर न्यायीक सडक विस्तारबाट पीडित जनतालाई पुनः स्थापित गरिनेछ । एतिहासिक सास्कृतिक शहर र वस्तीहरुको संरक्षण गरिनेछ ।

— सडक विस्तार गर्नुपर्ने परिस्थिति सृजना भएमा जनताको घर जग्गा न्यायोचित मुआब्जा सहित वैकल्पिक व्यवस्था गरेरमात्र सडक विस्तार गरिनेछ ।

—नक्सा विपरितका घरहरुलाई विशेषज्ञहरुको परामर्शमा नियमित गर्ने

—प्रत्येक वडामा जेष्ठ नागरिक मैत्री तथा बाल उद्यान पार्क बिकास गरी फ्रि वाइफाई जोनको व्यवस्था गरिने ।

—महानगरभित्रका जथाभावि विजुलीका पोल, टेलिफोन र केवलका तारहरु विछ्याउन रोक लगाएर बैज्ञानिक र सहरको सुन्दरतालाई असर नगर्ने गरी तारहरु व्यवस्थित गर्न लगाउने ।

—महानगरभित्र सरकारी, सार्वजनिक र गुठी जग्गामा व्यापारिक उद्धेश्यले भवन निर्माणमा रोक लगाउने गरी कानुन बनाउने ।

—पुरानो सहरको मौलिकता जोगाएर एकै दिनमा दशौँ हजार पर्यटक आकर्षित हुने आकर्षक क्षेत्रकोरुपमा विकास गर्ने ।

—महानगरपालिकाको भित्रि सहरको ढलको समस्यालाई कहिल्यै समस्या नहुने गरी गुरुयोजनासहित पुननिर्माण गरी प्रत्येक वर्ष ढल खोल्न खन्नुपर्ने बाध्यताबाट मुक्त गर्ने ।

—महानगरभित्रका विभिन्न क्षेत्रलाई शिक्षा स्वास्थ्य, सञ्चार, आवास, प्रशासनिक, कुटनीति, व्यापारिक, पर्यटकीय, सास्कृतिक आदि क्षेत्र तोकी वर्गिर्कत गर्ने ।

—जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्ने ।

—आधाभुत स्वास्थ्य विमाको व्यवस्था गर्ने ।

—महानगलाई फोहोरमैला, प्रदुषण मुक्त स्वच्छ सहरको रुपमा विकास गर्ने ।
२) सहरी पूर्वाधार विकास

खानेपानी समस्याको हल गर्नकालागि मेलाम्ची खानेपानी आयोजनालाई यथाशिघ्र सम्पन्न गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग सहकार्य गरी आवस्यक बजेटको व्यवस्थापन गर्ने ।

—काठमाडौँ जोड्ने तिव्रगतिको बाटोलाई यथाशिघ्र निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउन पहल गर्ने

—काठमाडौँको जीवन्त सास्कृतिक, जैविक विविधता र पहिचानमा आधारित पर्यटन विकास गर्ने

—काडमाडौँ उपत्यकाको प्राचिन वस्तीहरुलाई नमूना सम्पदा सहरकोरुपमा विकास गर्न अन्य नगरपालिका र गाउँपालिकासँग सहकार्य गर्ने

—अनियन्त्रित सहरी विकास नियन्त्रण गर्न वैज्ञानिक भू—उपयोग नीति निर्माण गर्ने र एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने

—काठमाडौँ उपत्यका तथा बनेपा, धुलिखेल, पनौति आदी नजिकका सहरहरुको सडक, सञ्चार, शिक्षा, स्वास्थ्य, विजुली, खानेपानी, फोहोरमैला व्यवस्थापन, उद्योगधन्दा आदीको एकीकृत विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।

—अव्यवस्थित आप्रवासनबाट उत्पन्न समास्या हल गर्न काठमाडौँ उपत्यकासँग जोडिएको निर्माणाधिन सहरहरुलाई व्यवस्थित गर्न सघाउने

 

३) प्रविधिमैत्री सहर
—महानगरपालिका भरी सिसिटिभिको सञ्जाल बनाई अपराधमुक्त सहरकोरुपमा विकास गर्ने

—सहरी विकाससँगै दमकल तथा आवश्यक आधुनिक उपकरणको व्यवस्था गरी सहरी सुरक्षाको व्यवस्था गर्ने ।

प्रत्येक वडालाई विज्ञान, प्रविधि तथा वातावरणमैत्री बनाउने

 

४) शिक्षा र संस्कृति

प्राथमिक क्षेत्रदेखि उच्च शिक्षामा मातृभाषा शिक्षामा जोड दिने

—महानगरपालिका भित्रका नेपालभाषालाई औपचारिक मान्यता प्रदान गरी नेपाली भाषाको साथसाथै नेपालभाषालाई पनि कामकाजी भाषाकोरुपमा विकास गर्ने

—पहिचानकोरुपमा स्थापित महानगरपालिका भित्रका सास्कृतिक पर्व, सांस्कृतिक धरोहरहरु, हिन्दरु मन्दिर र वौद्ध विहार तथा अन्य धर्मालम्वीहरुको ऐतिहासिक सम्पदाको संरक्षण गर्न विषेश योजना ल्याउने ।

५) यातायात र पार्किङ

विद्यमान ट्राफिक नियम समस्याको दिर्घकालिन समाधानको लागि मेट्रो रेल, स्काइ ट्रेन र फ्लाई ओभरको निर्माण गर्ने

—महानगरपालिका भित्र नदी किनारका अव्यवस्थित र अतिक्रमण हटाई नदी किनारबाट बैकल्पिक स्तरिय सडकहरु निर्माण गरी महानगरभित्रको ट्राफिक जामको न्युनिकरण गर्ने

—महानगरपालिकाका सडककोबीचमा रहेको मठमन्दिरलाई व्यवस्थित रुपमा समुदायको सहमतिमा स्थानतरण गरी सडक आवत जावतलाई व्यवस्थित गर्ने

—महानगरपालिकाको भित्री सहर भित्र व्यापारिक क्षेत्रमा बहुतल्ले पार्किङ भवन वनाउने र यस्ता भवन निर्माण गर्न उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न आवस्यक नीति ल्याउने

—अव्यवस्थित पाकिङ मुक्त महानगरपालिका बनाउने
६) सांस्कृतिक सम्पदा र विकास

हनुमानढोका, स्वयम्भु, पशुपति र बौद्ध लगायत विश्व सम्पदा क्षेत्रको वातावरण स्वास्थ्य र सफा र सुग्घरसहित विषेश संरक्षणको लागि गुरुयोजना बनाउने

—बागमति किनारका सम्पदाहरु संरक्षण तथा आकर्षक पर्यट स्थलको विकास गर्न विषेश योजना ल्याउने

—भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदाहरुको तत्काल पुननिर्माण गर्न पहल गर्ने र त्यसरी पुननिर्माण स्थानीय सहभागितको ग्यारेन्टी गर्ने
७) पर्यटन तथा आर्थिक विकास

प्रत्येक घरका सदस्यहरुलाई उत्पादनसँग जोडेर आत्म स्वावलम्वन बनाउने

—प्रदर्शनीमार्ग भित्र रहेको अव्यवस्थित व्यापारिक केन्द्र हटाई त्यहाँ विश्व स्तरीय विकेण्ड मार्केट निर्माण गर्ने

—फुटपाथ पसललाई हटाई आवागमनलाई सहज गर्ने

—प्रत्येक वडामा व्यापारिक केन्द्र निर्माण गरेर व्यवस्थित गर्ने ।
८) समुदायसँगको सम्वन्ध

सांस्कृतिक धरोहर एवं विकास निर्माणमा स्थानीय जनताको पहुँच बनाई स्वसाशन र स्वायत्तता दिने

—निम्न आयस्तर भएका जेष्ठ नागरिक, एकल महिलाहरुलाई जीविकोपार्जन गर्न सकिने गरी वृद्ध भत्ता र एकल महिला भत्ता वृद्धि गर्ने

‍‍

यस्तो छ नयाँ शक्तिको पूर्वाधार विकास योजना

काठमाडौं – ‘‘अरुले गर्छन कुरा, हामी गर्छौ पूरा’’ भन्ने मूल नारा लिएर घोषित स्थानीय तह निर्वाचनमा होमिएको नयाँ शक्ति पार्टीले देशका तीव्र विकासलाई अर्जुनदृष्टि बनाएको छ । पार्टीले जारी गरेको प्रतिबद्धतापत्रमा विकास र समृद्धिको मार्गचित्र प्रस्तुत गर्दै नयाँ शक्तिले अबको २५ वर्षमा नेपालको विकास र समृद्धिको स्तरलाई विकसित देशको स्तरमा पुर्याउने प्रतिबद्धता सार्वजनिक गरेको छ ।

राजनीतिक परिवर्तनको यतिलामो श्रृंखला पार गर्दैगर्दा नेपाल विकासको सवालमा पछाडि पर्नुको मुख्य कारण विकास र सृमद्धिका एजेण्डालाई यहाँका पार्टीहरुले कहिल्यै मूल विषय नबनाउनु हो । यसर्थ, नयाँ शक्तिले त्यही विषयलाई केन्द्रमा राखेर राजनीतिक अभियान सुरु गरेको हो । विद्यमान राजनीतिक पार्टीहरुमध्ये नयाँ शक्ति मात्र एउटा यस्तो पार्टी हो जसको जन्म नै देशको समृद्धिका निम्ति भएको छ ।

अन्य पार्टीहरूले देशको विकासलाई चुनावी नारामा र चुनावलाई मागी खाने र ठगी खाने भाँडोमा परिणत गरेका भन्दै समृद्धिका लागि कामै गरेर देखाउने प्रतिबद्धता नयाँ शक्तिले गरेको छ । नयाँ शक्ति पार्टीले समृद्ध मुलुक निर्माणका लागि ५ वर्षभित्रमा आम गरिबीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुक बनाउने, १५ वर्षभित्र नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पु¥याउने र २५ वर्षभित्र मुलुकलाई विकासको उच्चस्तरमा पु¥याउने लक्ष्य तय गरेको छ ।

यी विकासका लक्ष्यहरू हासिल गर्ने आधारको रुपमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवासायिकीकरण, ठूला पूर्वाधारहरूको तीव्र विकास र विस्तार, उत्पादनशील उद्योगहरूको विकास, पर्यटन तथा अन्य सेवामूलक क्षेत्रको विकास र विस्तार, दक्ष जनशक्ति उत्पादन, सन्तुलित वित्त व्यवस्थापन र ठूला मात्रामा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका माध्यमबाट दुई अंकको वृद्धिदर हासिल गर्ने कार्ययोजना बनाएको छ ।

नयाँ शक्तिले अबको ५ वर्षमा ८ प्रतिशत, १० वर्षमा ११ र अर्को १० वर्षमा १२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष निर्धारण गरेको छ । त्यसैगरी वैदेशिक रोजगारीमा जान बाध्य पचासौं लाख युवाहरूलाई स्वदेशमै रोजगारी दिने ठोस योजनालाई नयाँ शक्ति पार्टीले मुख्य प्राथमिकता दिएको छ ।

पूर्वाधार विकास, कृषि तथा पशुपालन, औद्योगिक तथा सोवामूलम क्षेत्र र सरकारी क्षेत्रबाट वार्षिक ५ लाखसम्मलाई रोजगारी सृजना गरिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ । नयाँ शक्ति पार्टीले क्षेत्रगत विकासका लागि अत्याधुनिक पूर्वाधारहरुको विकास र विस्तारमा जोड दिएको छ । मुलुकका सातवटै प्रदेशहरुमा एशियाली मापदण्ड र आर्थिक, सामाजिक, ऐतिहासिक र सांस्कृतिक पहिचान झल्काउन गरी सुन्दर प्रादेशिक राजधानीहरु बनाइने प्रतिबद्धता नयाँ शक्तिले जनाएको छ ।

त्यसैगरी हरेक प्रदेशमा दुई÷दुई प्रादेशिक व्यापारिक तथा सांस्कृतिक शहरहरुको विकास र एक÷एक अन्तर्राष्ट्रिय एयरपोर्टहरु, प्रादेशिक रंगशालाहरु, सुविधाजनक ठूला पार्क र चिडियाखानाहरु निर्माण गरिने योजना पनि नयाँ शक्तिले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

पश्चिम सेती, नल्सिङगाड, बुढीगण्डकी र दुधकोशी जस्ता जलाशययुक्त ठूला विद्युत परियोजनाहरु विशेष प्राथमिकताकासाथ समयमै पूरा गर्ने र मध्यपहाडी लोकमार्ग, ६ लेनको मेची–काली लोकमार्ग तथा ४ लेनको तराई÷मधेसको हुलाकी लोकमार्गको निर्माण सम्पन्न गरी देशलाई आधुनिक सढकसञ्जालले जोड्ने नयाँ शक्तिको योजना छ ।

त्यस्तै नेपाललाई चीन र भारतको बीचमा व्यापारिक मार्गको रुपमा स्थापित गर्दै गतिशील पुल बन्न सहयोग पुग्ने गरी चार वटा उत्तर–दक्षिण जोड्ने लोकमार्गहरू उच्च प्राथमिकताका साथ निर्माण गर्ने योजना नयाँ शक्तिले बनाएको छ ।

द्रूत गतिको पूर्व–पश्चिम रेल सेवा, ल्हासा– काठमाडौं– पोखरा– लुम्बिनी–भरतपुर–काठमाडौं रेल सञ्चालन गरी ‘मास ट्रान्सपोर्ट’ सेवा सञ्चालन, हिमाली भेगमा पूर्वदेखि पश्चिमसम्मको पदयात्रा गर्न सकिने ‘हिमाली पर्यटकीय पदमार्ग, ठूला, मझौला तथा साना सिंचाइ आयोजनाहरु मार्फत सम्पूर्ण खेतीयोग्य जमीनमा ५ वर्षभित्र सिंचाइ सुविधा पु¥याइने लगाएतका विकासको कार्ययोजनान नयाँ शक्ति पार्टीले अगाडि सारेको छ ।

देशमा विकास र समृद्धिमुखी राजनीति गर्न स्थापित नयाँ शक्ति पार्टीले निर्वाचनमा विजयी हासिल गरेमा तोकिएकै समयमा चुनावी घोषणा पत्रमा अगाडि सारिएका सबै प्रतिवद्धता पूरा गर्ने घोषणा पनि नयाँ शक्ति पार्टीले गरेको छ ।

नयाँ शक्तिको प्रक्षेपित ५ वर्षे विकास सूचकाङ्कहरू

नयाँ शक्तिले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा देशलाई आगामी ५ वर्षमा आधारभूतर रुपले अल्पविकसितको स्थानबाट विकासशील अवस्थामा पुर्याउने घोषणा गर्दै प्रतिव्यक्ति वार्षिक औसत आम्दानी २,००० डलर पुर्‍याउने घोषणा गरेको छ ।

त्यसैगरी कूल गार्हस्थ बचत कूल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत पुर्‍याउने, निरपेक्ष गरीबीको रेखामुनि रहेका जनसंख्यालाई १० प्रतिशतमा झार्ने र कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ४५ प्रतिशत, औद्योगिक क्षेत्रको २० प्रतिशत र उत्पादन क्षेत्रको योगदानलाई १५ प्रतिशत पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ ।

त्यसैगरी वस्तु तथा सेवाको निर्यात कूल गार्हस्थ उत्पादनको २० प्रतिशत पु¥याएर आयातलाई ३० प्रतिशतमा झार्दै वार्षिक तीन लाख रोजगारी सिर्जना गर्ने नयाँ शक्तिको योजना छ । अहिले वैदेशिक रोजगारीमा जानेको नेपालीहरुको संख्या प्रतिदिन २ हजार रहेकोमा त्यो संख्यालाई अबको ५ वर्षमा सरदर प्रतिदिन ५०० मा झार्ने लक्ष्य पनि नयाँ शक्तिले राखेको छ ।

कुपोषणको समस्या भोगिरहेको समयमा सबैको लागि खाद्य–पोषण सुरक्षा सुनिश्चित गर्ने पनि नयाँ शक्तिले घोषणा गरेको छ । नयाँ शक्तिले शिक्षा क्षेत्रमा पनि कायापलट ल्याउने योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत शत प्रतिशत बालबालिकालाई विद्यालय जाने वातावरण बनाउने नयाँ शक्तिको घोषणा छ । उच्च माध्यमिक तहमा पढ्नेहरुको प्रतिशत ८० पुर्‍याउने । दलित, अपांग विद्यार्थीलाई उच्च–माध्यमिक स्तरको शिक्षासम्म छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गर्ने ।

नयाँ शक्तिले शिशु मृत्युदर प्रतिहजार १६ र मातृ मृत्युदर प्रतिलाख १०० मा झार्ने र १५ वर्षमुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने गरी कार्यक्रम बनाएको छ । त्यस्तै पूर्ण शारीरिक अपाङ्गता, द्वन्द पीडित, एकल महिला, गर्भवती महिला, लोपोन्मुख जाति, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक र गरिबीको रेखामुनि रहेका परिवारका लागि सम्पूर्ण स्वास्थ्य सेवामा कम्तिमा ७५ प्रतिशत छुटको व्यवस्था गर्ने आदि स्वस्थ्य सम्बन्धिको योजना तयार गरेको छ ।

जलस्रोतमा धनी देश भएर पनि पिउने पानीको समस्याले पीडित भएका नागरिकलाई प्रत्येक घरमा सफा खानेपानी पु¥याउने नयाँ शक्तिको घोषणा रहेको छ । प्रत्येक घरमा केन्द्रीय ग्रिडको विद्युत जसका लागि ४ हजार मेगावाट विद्युत उत्पादन गर्ने भनिएको छ । साथै प्रत्येक घरमा ब्रोडब्याण्ड इन्टरनेट कनेक्टिभिटी पु¥याउन सकिने व्यवस्था गर्ने भएको छ ।

एकीकृत बस्ती विकास र शहरी विकास गरी शहरी विकास सूचकाङ्क ७५ प्रतिशत भन्दा माथि हुने शहरी जनसंख्या ३० प्रतिशत पुर्‍याउने योजना छ । पर्यटन क्षेत्रको आधुनिकीकरण गरी वार्षिक रूपमा नेपाल आउने पर्यटकहरूको संख्या २० लाख पुर्‍याउने लक्षय राखिएको छ । खेलकुद क्षेत्र देशको पहिचान भएकाले नयाँ शक्तिले खेलकुदको विकासको लागि एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला, एक खेलकुद महाविद्यालय, प्रत्येक प्रदेशमा १÷१ वटा रङ्गशाला बनाउने योजना गरेको छ ।

त्यसैगरी कला, साहित्य र संस्कृतिको विकासको लागि हरेक प्रदेशमा एकएक प्रज्ञा प्रतिष्ठान खोलिने कुरा छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकको लागि केन्द्रमा एक यौनिक तथा लैङ्गिक अल्पसंख्यक विकास केन्द्र बनाइने घोषणा गरिएको छ । प्रत्येक प्रदेशमा १÷१ वटा विज्ञान, प्रविधि तथा अन्वेषणमा प्रज्ञा प्रतिष्ठान खोलिने, विज्ञान, प्रविधि तथा अन्वेषणमा लगानी कूल गार्हस्थ उत्पादनको १ प्रतिशत पुर्‍याउने, प्राविधिक शिक्षाको विकासका लागि प्रत्येक प्रदेशमा १÷१ वटा नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी खोल्ने लगायतका कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ ।