नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन भदौ २३ मा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन भदौ २३ मा



 
काठमाडौं, १७ साउन ।

नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन आगामी भदौ २३ देखि २५ गतेसम्म राजधानीको किर्तीपुरमा सम्पन्न हुने भएको छ ।

विद्यार्थी युनियनले पत्रकार सम्मेलन गरेर ३ बुँदे सम्मेलनसम्बन्धि निर्णय गरेका छन । यस्तै ५ बुँदे शैक्षिक निर्णय गरेका छन भने ७ बुँदे समसामयिक निर्णय केन्द्रिय समितिद्धारा पास गरेपछी प्रथम सम्मेलनको मिति सार्वजनिक गरेको हो ।

१० देखि १२ हजार सदस्यको सहभागितामा सम्पन्न हुने आँकलन गरिएको उक्त महाधिवेशनले विधार्थीहरूको हकहित र जनजिविकासँग जोडिएका संवेदनशील पक्षलाई उठाउने जानकारी दिईएको छ।

संगठनका अध्यक्ष रमेश कुमार महतोले सरकारी तलव खाने कुनै पनि निकायमा दलीय संघ–संस्था खारेज गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘यति मात्रै होईन, त्रिविभित्रका अनेकन समस्या र भ्रष्ट पक्षको अन्त्य गर्न हामी लागेका छौँ, मुलुकमा दुई प्रकारको शैक्षिक नीति छ, यसलाई एउटै बनाउनको लागि हामी अघि सरेका छौ।’

अध्यक्ष महतोले मुख्य विद्यार्थी संगठनहरूले विद्यार्थीको हितको नाममा आर्थिक प्रलोभनमा परेको आरोप लगाए ।

उनले भने,‘हाम्रो विद्यार्थी संगठन कसैसाग पनि कुनै पनि खालको सम्झौता र आर्थीक प्रलोभवनमा पर्ने छैन्, शुल्क बृद्धिका माग अघि सार्ने र अन्त्यमा प्याव्सन र एन–प्याव्सनसाग मिलेर पैसा खाने तर विद्यार्थीका समस्या जस्ताको त्यस्तै रहने भएका छन् ।’
उनले अघि थपे,‘अब हामी यस बिरुद्धमा उभिन्छौ, विषेश गरी त्रिविमा भएको शैक्षिक बेईमानि अन्त्यको लागि यो महाधिवेशनबाट प्रभावकारी मुद्धा उठाउने र त्यसका बारेमा लड्ने हाम्रो योजना छ।’