सदाचारयुक्त राजनीतिको लागि नयाँ शक्ति :- डा.भट्टराई - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सदाचारयुक्त राजनीतिको लागि नयाँ शक्ति :- डा.भट्टराई



 

हिमालपोष्ट/काठमाण्डौ, १६ वैशाख,

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सदाचारयुक्त राजनीतिको लागि नयाँ शक्ति पार्टी एक मात्र विकल्प भएको बताएका छन ।

शनिबार केन्द्रीय कार्यालय बबरमहलमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै सयोजक भट्टराईले नेपाललाई हिमाल, पहाड, तराई मधेसको पहिचानसहितको इन्द्रधनुषी राट्रिय चरित्रसहितको राज्यको परिभाषा गर्ने पहिलो पार्टी नयाँ शक्ति भएको दाबी गरे ।शान्ति, एकता र तीन वटा जातीय क्लष्टरलाई जोडेर विकास र समृद्धि हासिल गर्नतिर लाग्नुपर्ने उहाँले बताए । अहिले देशमा राजनीतिलाई नै पेशा बनाएर विना लगानी करोडपति हुने प्रवृत्ति बढेको प्रति संकेत गर्दै संयोजक भट्टराईले नयाँ शक्तिले मात्र सुशासन र सदाचारको एजेण्डा स्थापित गर्ने बताए ।
मधेसीहरुलाई विभिन्न बहानामा अनेपाली भन्ने हर्कत केही मधेसी विरोधी तत्वहरुले गरिरहेको प्रति चुनौति दिँदै संयोजक भट्टराईले मधेसी, थारु लगायतका उत्पीडित समुदायलाई समान अधिकार दिलाउनको लागि नयाँ शक्ति पार्टी सदैव लागिरहने विश्वास व्यक्त गरे ।
‘नयाँ शक्ति मात्र यस्तो एउटा वैकल्पिक राजनीतिक पार्टी हो जसले हिमाल, पहाड, तराईलाई एकताबद्धसहित समावेशी एजेण्डालाई अघि बढाएको छ’, संयोजक भट्टराईले उपस्थित नेता कार्यकर्तालाई निर्देशित दिए । ‘तपाईंहरु निर्धक्क ढंगले निर्वाचनमा होमिनुहोस् । निर्वाचनमा आइलाग्नेका कुतत्व विरुद्ध आफु रक्षात्मक रही चुनावमा लाग्नुहोस्, तपाईंहरुलाई केन्द्र र प्रदेश पार्टीले हरेक प्रकारको सहयोग गर्नेछ ।’
कार्यक्रममा सर्लाही जिल्लाबाट ८९ जना विभिन्न पार्टी परित्याग गरी नयाँ शक्तिमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई संयोजक डा. भट्टराईले सदस्यता प्रदान गरे । सर्लाहीबाट पार्टी प्रवेश गर्नेहरुमा भाग्य नारायण यादव, जंग बहादुर महतो, इन्द्रजित राय, नेत्र बहादुर महतो, रामदेव साह, शिव शंकर मिश्रा, खिल बहादुर भण्डारी, रुपेश सिंह, शिवचन्द्र चौधरी, दिपेन्द्र कुमार यादव लगायत रहेका छन् ।
त्यसैगरी काभे्रपलाञ्चोक जिल्लाबाट गणेश श्रेष्ठ, सञ्जय श्रेष्ठ, रेशम बहादुर लामा, शहिद परिवार डोल्मा लामा, पुष्पा लामा, ज्ञान बहादुर तामाङ लगायत ७६ जना रहेका छन् । त्यस्तै बारा जिल्लाबाट श्री नारायण कुशवाहा, मुकेश चन्द्र कुशवाहा, राधाकृष्ण जैशवाल, सिकेन्द्र प्रसाद यादव लगायत ३८ नयाँ शक्तिमा प्रवेश रहेका छन् ।
कार्यक्रममा केन्द्रीय नेताहरु रामकुमार शर्मा, ब्रज किशोर यादब, पल्हाद लामिछाने, व्यवस्थापिका संसद सदस्य एवम् पार्टी नेतृद्वय सिमा कुमारी विक र गंगा चौधरीले नव प्रवेशीलाई स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा सर्लाहीका संयोजक राम कैलाश यादव, काभ्रेका संयोजक भरत लामिछाने, युवा नेताहरु रामनरेश यादव, दिपक महतो, विनोद चौधरी, रमेश पन्त लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।