नयाँ टिम सहित डिभिजन -५ अमेचर लिग खेल्दै एकेयफसी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नयाँ टिम सहित डिभिजन -५ अमेचर लिग खेल्दै एकेयफसी



साउथ अस्ट्रेलिया/चैत्र १७ 

साउथ अस्ट्रेलियामा रहेका नेपाली फुटबल क्लबहरु एकीकृत हुँदै एउटै टिम ” एडीलेड खुकुरी फुटबल क्लब ” को नयाँ समिति गठन भएको छ । गठन गरिएको उक्त समितिमा कुमार पुष्प गुरुङ अध्यक्ष ,उपाध्यक्ष रमेश राज भण्डारी , सचिव राजन लामिछाने , कोषाध्यक्ष कुबेर श्रेष्ठ , टिम म्यानेजर चिरु श्रेष्ठ , कोच डेनीएल घिमिरे, क्याप्टेन खगेन लिम्बु रहेका छन् ।

यसै सँगै क्लब साउथ अस्ट्रेलियन सरकार बाट मान्यता प्राप्त डिभिजन -५ अमेचर सकर लिग खेल्ने भएको छ। घरेलु मैदान र बाहिर हुने उक्त खेलमा १० टिम बिच प्रस्तिप्रधा हुनेछ । पहिलो खेलमा एडीलेड खुकुरी फुटबल क्लबले यही अप्रिल २ तारिकको दिन FSASA स्लस्बरी सँग खेल्ने छ भने पहिलो घरेलु मैदानमा अप्रिल ९ तारिकको दिन भिकिङ्ग्स विरुद्ध खेल्ने छ ।एडीलेड खुकुरी फुटबल क्लबको लागि बूमर्‍याङ एजुकेशनल सर्भिसले मुख्य प्रायोजन, वाग्ले इन्टरप्राइजेज गोल्ड स्पोन्सर र टेस्ट अफ हिमाल्यास रेस्टुरेन्टले सिल्बर स्पोन्सरको रूपमा सहयोग गर्ने भएको छ ।