श्री बागेश्वरी माता नेपाली मन्दिरमा मुर्ति पुनः स्थापना - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

श्री बागेश्वरी माता नेपाली मन्दिरमा मुर्ति पुनः स्थापना



हिमाल पोस्ट /नयाँ दिल्ली ,१५  

भारतको राजधानी नयाँ दिल्लीको बल्जित नगर पंजावी बस्ती पटेल नगरमा  सन् १९७६ मा स्वर्गिय छोटेलाल पुनद्वारा निर्माण गरिएको श्री बागेश्वरी माता नेपाली मन्दिरमा मूर्ती पुनः स्थापना गरिएको छ ।

गोपाल प्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि हिन्दु राष्ट्र पुनः स्थापना मञ्चको सस्थापक ,सार्क मिसनको सास्कृतिक एवंम राजनैतिक सल्लाहकार   ई .विष्णु प्रसाद बरालको प्रमुखआतिथ्यता रहेको थियो ।

उक्त मन्दिर जिर्ण अवस्थामा रहेकोले नयाँ भवन निर्माण गरेर   नोभेम्बर २७ तारिका देखि पुजाआजा गरी ३० तारिकका दिन नेपाली पन्चेबाजा सहित कलश यात्रा गरिएको थियो ।

डिसेम्बर १ तरिकका दिन मूर्ती स्थापना गर्दै प्रमुख अतिथि बरालले दलाई लामाले बुद्ध भारतमा जन्मिएको भन्ने  अभिव्यक्ति प्रति आक्रोश पोख्नदै  दलाई लामाले यहाँ त्यहाँ   भन्नु   भन्दा पनि इतिहास साक्षी रहेको बताउनु  भयो ।  बरालले हाम्रो सस्कृति हामी आफै जोगाउनु पर्ने भन्दै यसको संरक्षण पनि हामी आफैले गर्नु पर्ने बताउनु भयो ।उहाँले नेपाल जबसम्म हिन्दु  राष्ट्र हुँदैन तबसम्म स्थाई सरकार नबन्ने बताउनु भयो ।

मूर्ती स्थापना कार्यक्रममा भारतमा रहेका सङ्घ सस्थाका पर्तिनिधी ,पत्रकार ,बुद्धिजीवी,व्यवासायी,आदिको उपस्थिति रहेको थियो ।