नयाँ प्रतिभाको खोजीका लागि पोखरा मा अभियान थालियो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नयाँ प्रतिभाको खोजीका लागि पोखरा मा अभियान थालियो



हिमाल पोष्ट ? पोखरा, ११ मङ्सिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीले जिल्लाभित्र लोक गीत तथा सङ्गीतका क्षेत्रमा लुकेका प्रतिभालाई उजागर गर्ने सोचका साथ प्रतिभा खोजी अभियान सुरु गरेको छ ।

प्रतिभा भएर पनि बाहिर आउन नसकेका व्यक्तित्वको राष्ट्रियस्तरमा पहिचान गराउने सोचका साथ अभियान सुरु गरिएको हो ।

प्रतिष्ठानका कास्की जिल्ला अध्यक्ष प्रेमराज अधिकारीका अनुसार अभियानअन्तर्गत कास्कीको हेम्जा, ढिकुरपोखरी र भरतपोखरीमा प्रतिभा खोजी विशेष कार्यक्रम सम्पन्न गरिएको छ र यस अभियानलाई जिल्लामा व्यापक बनाइनेछ ।

यसैबीच प्रतिभा खोजी अभियानअन्तर्गत आज कास्की भरतपोखरीस्थित पर्यटकीयस्थल भैरवकोट शान्ति पार्क मनियलडाँडामा खुल्ला लोकगीत प्रतियोगिता एवम् प्रतिष्ठानको जिल्ला शाखाअन्तर्गत भरतपोखरी एकाइ गठन गरिएको छ ।

त्यस्तै प्रतिष्ठानको सर्वसम्मतरुपमा नवगठित समितिको अध्यक्षमा चेतबहादुर महत, उपाध्यक्षमा शङ्कर थापा, सचिवमा रामप्रसाद ढकाल, सहसचिवमा विनिता थापा, कोषाध्यक्षमा दीपा आचार्य र सहकोषाध्यक्षमा दिनेश बानिया रहनुभएको छ ।

समितिका सदस्यहरूमा सम्झना पौडेल, आकाश विक, बेलबहादुर केसी, श्रीधर आचार्य, बलराम भण्डारी, राजकुमार लामिछाने र पुष्पा पाण्डे रहनुभएको छ ।

लेख तथा सङ्गीतका क्षेत्रमा धेरै प्रतिभा लुकेर रहेको वास्तविकतालाई दृष्टिगत गरी प्रतिभाहरू प्रस्फुटन हुने किसिमका कार्यक्रम अघि बढाइने नवगठित एकाइका अध्यक्ष महतले बताउनुभयो । रासस