फेरी अर्को नयाँ पार्टी अायो (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

फेरी अर्को नयाँ पार्टी अायो (भिडियो सहित)



समिर प्रकाश पाण्डे/ माघ  १८ 

पछिल्लो समय देशमा राजनीतिक क्षेत्रमा देखिएको अन्याय अत्याचार तथा घटना परिघटनाहरुलाई समेटेर नयाँ पार्टि बोलको गीत सार्वजनिक भएको छ ।

मिलन बिसी, राम गहतराज र यशोदा कार्कीको स्वरमा रहेको गीतको शब्द संगीत पनि मिलन बिसी र राम गहतराजको रहेको छ ।  गीतको दृश्य निर्माण अविरल फिल्मस्ले गरेको छ भने भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका छन । भिडियोमा बुटवलका चर्चित कलाकारहरु बिष्णु जी पाण्डे माइला बा , शितल शर्मा, दानवीर, रेशम, सिता लगायत अन्य कलाकार हरुको बेजोड अभिनय देख्न सकिन्छ ।

नेताहरुले जनताहरुको माझमा देखाएका झुठा आस्वासन हरुलाई गीतमा व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । राम चन्द्र भट्टराईले छायांकन गरेको भिडियोमा सगुन शर्मा को शृंगार रहेको छ । बुटवल र सेना मैनामा शूटिंग गरिएको भिडियो अत्यन्तै रमाइलो र यथार्थ बनेको छ । दर्शक श्रोताको पर्खाइमा रहेको गीत अविरल फिल्म्स को युटुब च्यानलबाट सार्बजनिक भएको छ ।