नयाँ शक्तिको घरदैलो अभियान जारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नयाँ शक्तिको घरदैलो अभियान जारी



बुटवल ७ मंसिर – राजनीतिक दलहरुले आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलक्षित चुनाव प्रचारप्रसार तीव्र बनाएका छन् ।
जस क्रममा नयाँ शक्ति पार्टीले रुपन्देही क्षेत्र नं. २ मा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । मतदाताकेन्द्रीत चुनावी अभियान संचालन गरेको नयाँ शक्तिले बिहीबार सैनामैना नगरपालिकाको वडा नं. १ र २ का सरौली, रानीबगिया, रानीकुवा, बनकटहवा, सैनामैना चोकलगायतका क्षेत्रमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलो कार्यक्रममा नयाँ शक्ति पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनिकर कार्की, प्रदेशसभा सदस्य उम्मेदवार तेज कुमार घिमिरे, ५ नं. प्रदेश सचिव कमल खनाल, जिल्ला सचिवालय सदस्य हरि खड्का, विदेश विभागका सचिवालय सदस्य नर बहादुर सुनार, ज्ञानु तिवारी, मनिष शर्मा, गोविन्द घिमिरेलगायतका अभियन्ताहरुको सहभागिता रहेको थियो ।

घरदैलोका क्रममा मतदाताहरुसँग कुरा गर्दै नयाँ शक्ति पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनिकर कार्कीले विकास र समृद्धिको स्पष्ट भिजनसहित प्रस्तुत भएको नयाँ शक्ति पार्टीले मात्र देश बदल्न सक्ने भन्दै आम नागरिकको आर्थिक अवस्था फेर्ने अभियानमा साथ दिन आम मतदातालाई आग्रह गर्नुभयो ।

त्यस्तै प्रदेशसभा अन्तर्गत क्षेत्र नं. २ का उम्मेदवार तेज कुमार घिमिरेले नयाँ शक्ति पार्टीले अब देशमा समृद्धि ल्याउने बताउनुभयो । ठूला पार्टीहरुले खर्चिलो र भड्किलो चुनाव प्रचार शैली अवलम्बन गर्दैगर्दा नयाँ शक्तिले मतदाता केन्द्रित घरदैलो अभियान संचालन गरेको नयाँ शक्तिले जनाएको छ ।