सरकारले गम्भीर ‘राष्ट्रघात’ र ‘प्रतिगमन’ गरेको आरोपसहित नयाँ शक्ति नेपाल सडक संघर्षमा उत्रने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सरकारले गम्भीर ‘राष्ट्रघात’ र ‘प्रतिगमन’ गरेको आरोपसहित नयाँ शक्ति नेपाल सडक संघर्षमा उत्रने



काठमाडौं, १४  असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गम्भीर ‘राष्ट्रघात’ र ‘प्रतिगमन’ गरेको आरोपसहित नयाँ शक्ति नेपाल सडक संघर्षमा उत्रने भएको छ ।

प्रचण्डको भारत भ्रमणको क्रममा भएको २५ बुदेँ संयुक्त वक्तव्यलाई ‘राष्ट्रघात’को संज्ञा दिँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले सडकमा धर्ना कार्यक्रमको आयोजना गर्ने भएको हो । नयाँ शक्तिले शुक्रबार काठमाडौंको भद्रकालीमा दिउसो १ बजे धर्ना कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

आफ्ना पूर्वसहकर्मीसमेत रहेका प्रचण्डले २५ बुँदे संयुक्त वक्तव्यको ११ नं. बुँदाले नेपाललाई भूटानीकरण गरेको संयोजक भट्टराईले बताउँदै आएका छन् । बाहिर चर्का कुरा गर्ने र भित्र भित्र राष्ट्रघात गर्ने राजा महाराजाहरु र संसदीय पार्टीहरुको सिको गर्दै प्रचण्डले पाखण्डी राष्ट्रवादको पक्षपोषण गरेको उनको आरोप रहने गरेको छ ।