नयाँ संशोधन दर्ता अनिश्चित : छट्पटाउँदै प्रचण्ड - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नयाँ संशोधन दर्ता अनिश्चित : छट्पटाउँदै प्रचण्ड



हिमाल पोष्ट / काठमाडौँं । मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा ल्याउन सरकारले संसदमा नयाँ संशोधन विधेयक दर्ता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको छलफल स्थगित भएपछि सोमबारै संविधान संशोधनको नयाँ विधेयक अघि बढाउनेबारे भने अन्योल सिर्जना भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा काठमाडौं बाहिर रहेकाले विधेयक सोमबारै टुंगो लाग्ने, नलाग्नेबारे केही भन्न नसकिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले सोमबार बिहान मोर्चाका नेतासँग सामूहिक छलफल गर्ने तयारी गरेपनि अन्तिम समयमा आएर स्थगित भयाे । प्रधानमन्त्री दाहालले काँग्रेस मन्त्रीहरुको कार्यदलसँग भने छलफल गरेका छन् ।

काँग्रेस सभापति देउवा नभएपछि बैठक बस्न सकेन । देउवा उपस्थित हुने वातावरण बने बैठक बस्ने तयारी रहेकाे बताइएको छ । काँग्रेस सभापति देउवा पार्टी कार्यक्रमको लागि धनगढी हुँदै दाङ पुगेका छन् । यस्तै, आफुहरुलाई बैठक बस्ने भनि नभनेको भन्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि अाफ्नै कार्यक्रमतिर लागेका छन् । हामीलाई छलफलका लागि बोलाईएको थियो, अध्यक्ष राजेन्द्र महतोले भने, ‘एकाएक छलफल नहुने भनेर अबर आयो । कारण के हाे भनिएन ।’

संसदमा यसअघि दर्ता भएको सीमांकनको हेरफेर सहितको संविधान संशोधन प्रस्तावमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले त्यसलाई फिर्ता लिएर नयाँ विधेयक पेश गर्ने  तयारी गरेका हुन् । नयाँ विधेयकमा सीमांकनबाहेक सरकारी कामकाजको भाषा, मातृभाषा, नागरिकता र राष्ट्रियसभाको विषयलाई संशोधन गर्ने उल्लेख छ ।