‘सरकारले नेताको उपचार, जनताको उपचार कस्ले ?'भन्दै उत्रियो नयाँ शक्ति - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

‘सरकारले नेताको उपचार, जनताको उपचार कस्ले ?’भन्दै उत्रियो नयाँ शक्ति



हिमाल पोष्ट/काठमाडौं

सरकारले केही दिन अघि मात्रै नेपाली कांग्रेसकी नेतृ तथा सुजता कोइरालालाई स्वास्थ्य उपचारका लागि ५० लाख दिने निर्णय गरेपछि नयाँ शक्ति नेपालको विद्यार्थी भातृ संगठनले नेतालाई स्वास्थ्य उपचारका लागि रकम वितरण गरेको विषयलाई लिएर आन्दोलन गरेको छ । युनियनले  शुक्रवार राजधानीको माइतिघर मण्डलामा सांकेतिक धर्ना दिएको थियो ।

नेतृ कोइरालालाई स्तन क्यान्सर भएपछि सरकारले उक्त रकम दिने निर्णय गरेको थियो । राज्यकोषको रकमलाई जथाभावी प्रयोग गर्न खोजेको विद्यार्थी संगठनले आरोप लगाएको छ । विद्यार्थी संगठनले ‘सरकारले नेताको उपचार, जनताको उपचार कस्ले ?, नेताहरुको उपचार खर्चको जिम्मा हामी लिन्छौँ, जनताको उपचारको जिम्मा कस्ले लिन्छ ?’ भन्ने विभिन्न प्रशन सहितका नाराहरु लेखिएको प्लेकार्ड, ब्यानरलगायत बोकेर माइतिघरमा प्रदर्शन गरेका थिए  । विद्यार्थी नेता आरएन श्रेष्ठले नेताहरु बिदेश-बिदेश उपचार गर्न जानू जनताप्रती धोका भएको बताए । उनले आफ्नै मुलुकमा सुबिधासम्पन्न हस्पिटल निर्माण गर्न पनि सरकारसँग माग पनि गरे ।

15086325_1251718438233494_444475868_n 15135497_1251718511566820_1465951753_n 15129959_1251718414900163_1533848478_n