सभामुख छान्न नेकपा सचिवालय बैठक बस्दै: यस्तो छ तयारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सभामुख छान्न नेकपा सचिवालय बैठक बस्दै: यस्तो छ तयारी



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि बैठक बोलाइएको जनाइएको छ ।

आज बस्ने बैठकमा रिक्त रहेको सभामुख पदका बारेमा छलफल हुने बताइएको छ ।

बलात्कार प्रयासको अभियोगमा कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिएपछि सभामुख पद खाली छ ।

नेकपाले भावी सभामुख कसलाई बनाउने भन्ने नियर्ण गर्न नसक्दा संसद बैठक स्थगित हुँदै आएको छ ।

पछिल्लो समय सभामुख पदकै कारण नेकपा भित्र विवाद पनि उत्पन्न भएको छ । आजको बैठकमा सभामुख पदको बिषय टुंग्याउने अनुमान गरिएको छ ।