नेकपाको भाँडाकुटी शैली - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेकपाको भाँडाकुटी शैली



काठमाडौं- कम्युनिस्ट आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले पार्टी एकता गरेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्व विभाजनको रेखा कोर्ने लाइनमा पुगेको छ ।

पार्टी एक भएलगत्तै सुरू भएको अन्तरसंघर्षले यस्तोसम्म दृश्य बनाएको छ कि दुई अध्यक्षले एकले अर्कालाई नमान्ने अवस्थामा पुगेका छन् । पार्टीभित्र देखिएका पछिल्ला घटनाले पार्टी विभाजन भैसकेको देखिएपनि एक हुने झिनो आशा भने अझै बाँकी नै छ ।

आफूलाई एकताको पक्षधर बताउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूह र आफ्नै कारण अहिलेसम्म पार्टी फुट्नबाट जोगिएको दाबी गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-वरिष्ठ नेता माधव कुमार नेपाल समूह तल्लो स्तरको आरोप–प्रत्यारोपमा अल्झिएका छन्।

जनताले देशकै नेतृत्व गर्न पठाएका नेताहरू केटाकेटी भाँडाकुटी खेलेजस्तो चर्तिकला देखाइरहँदा कार्यकर्ता र जनता भने आजित नै बनेका छन् । उनीहरूबीचको भाँडाकुटीको सिलसिला मंगलबार बसेको सचिवालय बैठकमा पनि देखियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वयले एकअर्कामाथि स्तर भुलेर गरेका टिप्पणीले अहिले सामाजिक संजाल रंगिएका छन् भने दुवै पक्षका समर्थकले एकले अर्को पक्षलाई खुइलाउने अभियान नै चलाएका छन् ।

नेतृत्वकै कारण पार्टीमा केन्द्रदेखि गाउँसम्म विभाजित मानसिकता र वैमनस्यता बढेको छ । यससंगै नेकपाप्रति समर्थन जनाउने एउटा तप्काको भरोशा टुटेको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गर्ने निर्णय नमान्ने, बहुमतका निर्णय नमान्ने र बिधि प्रक्रियानै कुल्चिले गरेको उनी इतरका समुहको आरोप छ भने ओली समुहले बहुमतका आधारमा गुटको एजेन्डा बोकेर प्रधानमन्त्रीलाई संकटमा पारेको आरोप लगाएको छ ।

देशमा स्थायित्व र विकाश हुने आशामा जनताले नेकपालाई पत्याए । तर नेताहरूले भने जनताको भरोशा लत्याए ।