नेकपामा फेरी बिबाद : इश्वर पोखरेललाई स्वीकार्न नसकिने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेकपामा फेरी बिबाद : इश्वर पोखरेललाई स्वीकार्न नसकिने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फेरी बिबाद देखिएको छ । कार्यकर्ता प्रशिक्षणसँग जोडिएको स्कुल विभागमा पूर्वएमाले र माओवादी केन्द्र दुवैले दाबी गरेपछि बिबाद देखिएको छ ।
संगठनात्मक एकता टुंग्याउने दाबी गरिरहँदा पार्टी स्कुल विभागले समस्या पर्ने अवस्था आएको छ ।  प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वमाओवादी केन्द्रको शीर्ष तहका नेताहरूको बैठकले विभाग नछाड्ने र नारायणकाजी श्रेष्ठलाई विभाग प्रमुख प्रस्ताव गर्नेगरी निर्णय भएको बताइएको छ ।
पूर्वएमालेभित्र पनि स्कुल विभागमा समस्या देखिएको छ। ओली समूहले नेता ईश्वर पोखरेललाई बनाउने प्रस्ताव गरे पछि यसमा झन् बिबाद देखिएको छ ओली इतर समूह यो निर्णयको बिपक्षमा छ । पार्टी नीति (जनताको जनवाद) विरोधी नेताको छवि बनाएका पोखरेललाई कुनै हालतमा स्वीकार नगर्ने पूर्वमाओवादी पक्षको भनाइ छ ।
उता नारायणकाजी श्रेष्ठले अरू विभागमा पनि प्रस्ताव तयार गरेको र । स्कुल विभाग नछाड्ने सहमति भएको बताएका छन् ।