नेकपामा विवाद मिलाउन चीन सक्रिय: राजदूत यान्छीको दौडधुप « Himal Post | Online News Revolution
Logo

नेकपामा विवाद मिलाउन चीन सक्रिय: राजदूत यान्छीको दौडधुप



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत होउ यान्छी सक्रिय बनेकी छिन् ।

उनले नेकपा शक्ति संघर्ष चर्किएकै बेला आइतबार बेलुका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधव कुमार नेपाल भेटवार्ता गरेकी छिन् ।

राजदूत होउ नेता नेपालकै निवास कोटेश्वर पुगेर भेट गरेकी हुन् । भेटमा चिनियाँ राजदुतले नेकपा भित्रको विवादका विषयमा चासो राखेको स्रोतले जनाएको छ ।

स्थायी कमिटिका ४५ मध्ये ३० सदस्य उनीहरुको पक्षमा छन् । तर ओली पार्टी त्यसमा राजी नभएका बेला चिनियाँ राजदूत होउ र नेता नेपालबिच आइतबार बेलुका भेटवार्ता भएको हो । नेकपाको संकट उत्कर्षमा पुगेका बेला भएको सो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

गत वैशाखमा पनि नेकपाभित्र आन्तरिक कलह बढ्दा राजदूत होउले सक्रियता देखाएकी थिइन् । त्यसबेला उनले राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेताहरुसम्मलाई छुट्टाछुट्टै भेटेकी थिइन् ।