नेकपा 'एस'को दोस्रो जित: प्रदेश १ मा जयन्ती राई विजयी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेकपा ‘एस’को दोस्रो जित: प्रदेश १ मा जयन्ती राई विजयी



विराटनगर । राष्ट्रियसभा चुनावअन्तर्गत आज भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

महिला तर्फकी उम्मेदवार राईले ४६५२ मत ल्याइन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याएकी छन् । तीन मत बदर भएको छ ।