नेकपा एसले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेकपा एसले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र



देशको आर्थिक संकटबारे नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल घनश्याम भुसाललगायत बालुवाटार पुगेका थिए । भुसाल हालै नेकपा एस प्रवेश गरेका थिए ।

पछिल्लो समय देशको आर्थिक अवस्था राम्रो नरहेको सरकारले नै बताइरहको छ । देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले चाल्नुपर्ने कदमबारे पनि एसले सरकारलाई सुझाव दिएको छ ।