एकीकृत समाजवादीमा एकपछि अर्को तनाव: पार्टीको निर्णय छुट्टै, हट्न लागेका मन्त्रीको निर्णय छुट्टै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एकीकृत समाजवादीमा एकपछि अर्को तनाव: पार्टीको निर्णय छुट्टै, हट्न लागेका मन्त्रीको निर्णय छुट्टै



काठमाडौं- मन्त्री हेरफेरसम्बन्धी पार्टीको निर्णयले नेकपा एकीकृत समाजवादीमा एकपछि अर्को समस्या थपिएको छ । पार्टीले गरेको निर्णय नमानेर मन्त्री पद नछाडेका नेताहरूले पार्टीले गरेको भन्दा फरक निर्णय गरेका छन् ।

पार्टी निर्णयको विपक्षमा संसदीय दलको बैठक माग गर्दै दिएको निवेदनबाट हस्ताक्षर फिर्ता लिएका पर्यटन मन्त्री प्रेम आलेले नयाँ मन्त्रीहरूको सूची समावेशी नभएको भन्दै पार्टीमा अलग नाम पेस गरेका छन् ।

उनले गैर सांसद र गैर समावेशी टिमको विपक्षमा सांसदहरूको समावेशी टिमको नाम सिफारिस गरेको बताइएको छ ।

स्रोतका अनुसार हट्ने मन्त्रीहरूको तर्फबाट सिफारिस गरिएको नाममा सांसद कृष्णलाल महर्जन, निरा जैरु, धनबहादुर बुढा र हिराचन्द्र केसी छन् । त्यस्तै मुगुका सांसद गोपाल बमलाई राज्यमन्त्रीमा सिफारिस गरिएको छ ।

हट्ने भनिएका अन्य मन्त्रीले भने सो सूची आलेको एकल भएको भन्दै आफूहरू हस्ताक्षरमा कायमै रहेको बताएका छन् ।

पार्टीले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिस गरेको छ ।