नेकपा इटहरीमा भाँडभैलो, पार्टी कार्यालयमा ताला - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेकपा इटहरीमा भाँडभैलो, पार्टी कार्यालयमा ताला



इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरीमा भाँडभैलो भएको छ । पार्टीमा आन्तरिक समस्याका कारण पार्टीकै कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका छन् ।

पूर्व एमाले क्षेत्रीय कमिटी सदस्य सुजन लामाको नेतृत्वमा टोलीले बिहीबार पार्टी कार्यालयमा तालाबन्दी गरेको हो । उनीसँगै युवा सङ्घ सुनसरीका पूर्व जिल्ला सदस्य राजेश राई लगायतका युवाले तालबान्दी गरेका हुन् । पार्टीमा योगदान पुर्याएकालाई नभई नेताको गुलामी गर्नेले नेतृत्व ओहोदामा बसेको भन्दै बिरोध गरिएको लामाको तर्क छ ।

पार्टीका ईमान्दार व्यक्तिलाई ठाउँ नदिइएको बताउँदै उनले मापदण्ड पुगेका कार्यकर्तालाई नगर कमिटीमा राख्न माग गरे । सूचनामा पार्टीमा इमान्दार, प्रतिवद्ध र क्रियाशिल कार्यकर्तालाई पाखा लगाउने कार्य तत्काल सच्याउन र प्रतिवद्ध कार्यकर्ताहरुलाई कमिटीमा समावेश गर्न भनिएको छ । त्यस्तै समायोजन भएका सम्पूर्ण पदाधिकारीहरुले कार्यकर्ता समक्ष आत्मआलोचना समेत गर्नु पर्ने बताइएको छ ।

राजधानीको सहयोगमा