नेकपाकै नेताले भने: भारत र मोदीको बिरोध गर्नेलाई पक्राउ गर्नुपर्छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेकपाकै नेताले भने: भारत र मोदीको बिरोध गर्नेलाई पक्राउ गर्नुपर्छ



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णगोपाल श्रेष्ठले भारत र मोदीको बिरोध गर्न नहुने बताएका छन् । उनले अहिले जटिल अवस्था भएकोले नरेन्द्र मोदीको पुत्ला जलाउन नहुने बताएका छन् ।

श्रेष्ठले भारतको बिरोध गर्दै सडकमा भइरहेको प्रदर्शनप्रति पनि गम्भीर आपत्ति जनाएका छन् । यस्ता प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

श्रेष्ठले अहिले फलाम तातेको भन्दै सबै सीमा विवाद हल गर्ने गरी उच्चस्तरीय राजनीतिक, कुटनीतिक पहल अघि बढाउनुपर्ने धारणा राखे ।