नेकपाले विदेशमा किन बनाउँदैछ 'भूमिगत' संगठन ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेकपाले विदेशमा किन बनाउँदैछ ‘भूमिगत’ संगठन ?



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले विदेशमा भूमिगत सङ्गठन बनाउने तयारी गरेको छ। पार्टी एकताको काम सकेलगत्तै विदेशमा रहेका समर्थकहरूलाई सङ्गठित गराउने तयारी पार्टीले सुरु गरेको हो। तर खास कुरा के छ भने यसरी बनाउने सङ्गठन भने भूमिगत हुनेछन।

विदेशमा रहेका कार्यकर्ताहरूलाई विभिन्न भागमा बाँडेर कमिटीहरु बनाउने तयारी भएको नेकपा स्रोतले जनाएको छ। प्रवासी कार्यकर्ताहरुलाई छ क्षेत्रमा विभाजित गरेर संगठित गर्ने भएको छ।

हङकङ, मलेसिया, कोरिया, सिंगापुर र जापानलाई पूर्वी एशिया, अस्ट्रेलिया त्यस आसपासको क्षेत्रलाई ओसियना, खाडीका देशहरुलाई मध्यपूर्व क्षेत्रमा विभाजन गरिएको छ। यो बाहेक युरोप, अमेरिका र भारतलाई अलग–अलग क्षेत्रमा विभाजित गरेर प्रवासमा संगठन विस्तार गरिने भएको छ। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वकमा गठित प्रवास कमिटी कार्यदलको सुझाव अनुसार ६ क्षेत्रमा विभाजन गरी संगठन विस्तार गर्न लागिएको बताइएको छ।
एउटा खुला संगठन हुने र पार्टी कमिटी भुमिगत हुनेगरी तयारी भएको बताइएको छ

कार्यदल सिफारिश गरेअनुसार एक जना इन्चार्ज र क्षेत्रअनुसार एक–एक सह–इन्चार्ज तोक्ने तयारी भइरहेको छ।

वैदेशिक रोजगारीमा गाएका, उतै स्थायी बसोबास गर्ने पार्टी समर्थक नेपालीलाई एमाले र माओवादीले छुट्टाछुट्टै संगठित गर्दै आएका थिए। दुवै दलका २६ देशहरुमा पार्टी संगठन रहेका थिए।

दलहरुका लागि प्रवासका सङ्गठन भनेका दुहुनो गाइ जस्तो हुन् । गत चुनावमा समेत तत्कालीन एमालेले प्रवास कमिटीलाई चन्दा प्रमुख स्रोतको रुपमा परिचालन गरेको थियो।

पार्टीले चार सय संगठित सदस्य रहेको देशमा राष्ट्रिय कमिटी गठन गर्ने तयारी गरेको छ। त्यस्तो राष्ट्रिय कमिटीको हैसियत पार्टीमा जिल्ला कमिटी बराबर हुने बताइएको छ ।