नेकपाको सचिवालय बैठक आज दिउँसाे तीन बजे बस्दै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेकपाको सचिवालय बैठक आज दिउँसाे तीन बजे बस्दै



काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक आज शनिबार बस्ने भएको छ ।

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम र आइतबारदेखि बस्ने स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने कार्यसूचीका बारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठक हिजो शुक्रबारका लागि बोलाइएकाे भए पनि नेताहरुको व्यस्तताका कारण भन्दै आजका लागि सारिएको थियाे ।