नेविसंघ र अनेरास्वीयुका नेताले टिकट पाउँदा तामाङलाई माओवादीले किन पत्याएन ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेविसंघ र अनेरास्वीयुका नेताले टिकट पाउँदा तामाङलाई माओवादीले किन पत्याएन !



काठमाण्डु, २२ असोज – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनका पदाधिकारीहरू उम्मेदवार सिफारिस भएका छन् ।

 

नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्वीयुका विद्यार्थी नेताहरु सिफारिस हुँदा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरु भने सिफारिसमा पर्न सकेनन् ।

नेविसंघ अध्यक्ष नैनसिंह महरलाई नेपाली कांग्रेस डडेल्धुराले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुवैको समानुपातिक उम्मेदवारमा लागि सिफारिस गरेको छ ।

कांग्रेसबाट नेविसंघकी उपाध्यक्ष उर्मिला थपलिया धादिङ क्षेत्र नम्बर २ (ख), नविन राई ओखलढुङ्गा क्षेत्र नं १, तेज बानियाँ सिन्धुपाल्चोक २ नम्बर क्षेत्रको प्रत्यक्षतर्फ सिफारिस भएका छन् । नेविसंघका ८० भन्दा बढी पदाधिकारी प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस भएको प्रवक्ता युपी लामिछानेले बताए ।

त्यसैगरी अनेरास्ववियुकी अध्यक्ष नविना लामा नेकपा एमालेबाट प्रदेशसभाका लागि काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस भएकी छन् ।

प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले सर्लाही क्षेत्र नम्बर १ बाट अनेरास्ववियू नेतृ राधिका खतिवडा, झापा क्षेत्र ४ को (क) बाट तुलसीराम मैनालीलगायतलाई सिफारिस गरेको छ ।

माओवादी केन्द्रनिकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) को अध्यक्ष लगायत बुनै नेताहरु उम्मेदवारमा सिफारिस भएका छैनन् । आगामी निर्वाचनमा पार्टी भित्रका आकांक्षीलाई बाटो खोलिदिनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिद्यार्थी नेताहरुको प्रस्तावमा नआएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।