नवनियुक्त उपकुलपतिलाई नेविसंघको १५ दिने अल्टिमेटम - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नवनियुक्त उपकुलपतिलाई नेविसंघको १५ दिने अल्टिमेटम



काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटासँग चार वर्षभित्रमा गर्ने कामको योजना माग गरेको छ । बिहीबार उपकुलपति प्रध्यापक डा. बास्कोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

नेविसंघ त्रिविका इकाइ अध्यक्ष हरि आचार्य नेतृत्वको टोलीले त्रिविको स्तरउन्नतीका लागि १५ दिनभित्र मार्गचित्र प्रस्तुत गर्न माग गरेको छ । विभिन्न ७ बुँदे माग राखेको नेविसंघ त्रिविले आफ्ना मागहरु पुरा नभए आन्दोलनमा उत्रिने चितावनी पनि दिएको छ ।

पछिल्लो समय विश्वविद्यालय परिसरमा असुरक्षा बढेको, विश्वविद्यालयको भौतिक सम्पत्तिको दुरुपयोग भएको लगायत विषयम पनि बास्कोटालाई ध्यानाकर्षण गराएको थियो ।

विद्यार्थीलाई क्रेडिट ट्रान्सफरको व्यवस्था गरिनुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन पहल गर्नुपर्ने माग पनि नेविसंघले गरेको छ ।

ज्ञापनपत्र बुझ्दै उपकुलपति बास्कोटाले त्रिविका सरोकारवालासँग छलफल गरेर अघि बढ्ने बताएका थिए ।