ने.वि.सङ्घ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितिको कक्षा कमिटि गठन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ने.वि.सङ्घ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितिको कक्षा कमिटि गठन



तिलक सुवेदी/बुटवल माघ १८ 

नेपाल विधार्थी सङ्घ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितिले कक्षा कमिटि गठन अभियान चलाएको छ । ने.वि सङ्घको केन्द्रीय कार्यक्रम ‘ जहाँ बिधार्थी त्यहाँ ने.वि सङ्घ ‘अर्न्तगत कक्षा समिति गठन अभियान चलाएको इकाई सभापति महेश शर्माले जानकारी दिएँ । स्वबियु निर्वाचन नजिकिदै गर्दा ने . बि सङ्घको गठन कार्य सर्म्पुण क्याम्पसमा तीव्र रूपमा चलेको छ ।

अभियान अर्न्तगत बिबियस व्यवस्थापन संकाय सेक्सन ए मा छात्र संयोजक मोहन घिमिरे ,सह संयोजक विकास पराजुली त्यसै गरी छात्रा तर्फ संयोजक सबिता कंडेल सह संयोजक सिता पाण्डेको नेतृत्वमा बिस जना सदस्यहरू कमिटिमा रहेका छन् त्यसै गरी बिबियस नेपाली संकाय सेक्सन बि मा छात्र संयोजक मोहन कुवंर सह संयोजक सुमन नेपाल र छात्रा संयोजक पुस्पा पुरी सह संयोजक सिता मरासिनी र सविता पन्थी को नेतृत्वमा एक्काइस जना सदस्यहरू कमिटिमा रहेका छन् त्यसै गरी नेपाली व्यवस्थापन संकाय सेक्सन सी मा छात्र संयोजक सागर पाण्डे सह संयोजक सागर सारु र गोविन्द थापा को नेतृत्वमा सत्र सदस्य कमिटि गठन गरेको छ त्यसै गरी अंग्रजी संकाय अर्न्तगत छात्र संयोजक सुदिप पाण्डे सह संयोजक प्रकाश पाण्डे र रञ्जीत केसी र छात्रा तर्फ संयोजक विनिता अर्याल सह संयोजक उषा भण्डारी को नेतृत्वमा एक्काइस सदस्य गठन गरेको छ ।

कार्यक्रममा इकाई सभापति महेश शर्मा उप सभापति अर्जुन खत्री ,दीपक अर्याल सचिव दीपक घिमिरे अनुशाषन विभाग संयोजक विवेक भुषाल र बुटवल बहुमुखी क्याम्पसका रिषीराम भण्डारी लगायतले मन्तव्य राखेका थिएँ ।