सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अर्घाखाँची सम्पर्क समिती गठन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अर्घाखाँची सम्पर्क समिती गठन



हिमाल पोस्ट /बुटबल, २३ माघ

सिद्धार्थ क्याम्पस बुटबलमा एक कार्यक्रमको आयोजना गरी आज नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ अर्घाखाँची सिद्धार्थ गौतम बुद्ध क्याम्पस सम्पर्क समितीको गठन गरिएको छ ।

जहाँ विद्यालय यहाँ नेविसंघ अभियान अन्र्तगत २१ सदस्यीय सम्पर्क समितीको गठन गरिएको हो । जसको अध्यक्षमा अशिम खनाल, उपाध्यक्षद्धय अंकित अधिकारी, अस्मिता गैरे सचिवमा हरि घिमिरे, सहसचिवमा केशव न्यौपाने, कोषाध्यक्षमा स्मनिसा पोख्रेल लाई सर्वसम्मत चयन गरिएको छ ।

नेपाल विद्यार्थी संघको २०२७ सालमा स्थापना भएको हो । सिद्धार्थ क्याम्पस बुटबलमा आगामी स्ववियु चुनावमा नेविसंघको जित सुनिश्चत भएको नेविसंघका एक नेताले बताए ।