बिहे गरेको दुई महिनामै नेहा आमा बन्दै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिहे गरेको दुई महिनामै नेहा आमा बन्दै



मुम्बई – भारतीय चर्चित गायिका नेहा कक्कर बिहे गरेको दुई महिनामै आमा बन्ने भएकी छिन् ।

नेहा स्वयंले यो खबर सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन । उनले आफ्ना पतिलाई अब आफ्नो ख्याल राख्न आग्रह गर्दै आमा बन्न लागेको बताएकी हुन् ।

नेहाले पति रोहनसँगको एक तस्वीर शेयर गर्दै आमा बन्न लागेको भन्दै खुशीको खबर साटेकी हुन् । नेहा र रोहनप्रित सिंहले गत अक्टोबर २४ मा बिहे गरेका थिए ।

नेहाले सामाजिक सञ्जालमार्फत रोहनलाई भनेकी छिन् – अब मेरो ख्याल राख्ने गर ।

यो खबरपछि नेहाका फ्यान र बलिउडकर्मीले बधाई दिँदै आफ्नो थप ख्याल गर्न आग्रह गरेका छन् ।