ने.ज.स. बहराईनको दोस्रो अधिवेशनको लागि नेता चन्द्र भण्डारी र कुन्दन काफ्ले बहराईन आउँदै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ने.ज.स. बहराईनको दोस्रो अधिवेशनको लागि नेता चन्द्र भण्डारी र कुन्दन काफ्ले बहराईन आउँदै



समिर प्रकाश पाण्डे /माघ २९ बहराईन

नेपाली काँग्रेसका प्रखर युवा नेता गुल्मी जिल्लाबाट प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी र ने. बि. सङ्घ केन्द्रीय समितिका महामन्त्री कुन्दन काफ्ले बहराईन आउने भएका छन् ‘।

यही १७ मार्चमा हुने नेपाली काँग्रेसको प्रवासी भातृसँगठन नेपाल जन सम्पर्क समिति बहराईनको दोस्रो अधिवेशनलाई सम्बोधन गर्न  चन्द्र भण्डारी र महामन्त्री कुन्दन काफ्ले बहराईन आउने भएका हुन् ।

सङ्गठनको थप बिस्तार, विकास र सक्रियताका लागि विशेष भेला मार्फत दोस्रो पटक गर्न लागिएको अधिवेशन ऐतिहासिक साबित हुने समितिका कार्यबाहक सभापति शेर बहादुर रावत र सस्थापक सभापति पदम सुन्दर गुरुङ्ले बताए  ।

बहराईनमा कार्यरत काँग्रेस निकट सबै नेपालीहरूको उपस्थिति रहोस् भन्ने उद्धेश्यले बहराईनका विभिन्न स्थानमा रहेका नेपालीहरूलाई लक्षित गरी अधिवेशनको व्यापक प्रचार प्रसार गर्ने तयारी भएको समितिका कार्यबाहक महामन्त्रि सूर्य थापाले बताय ।

फेब्रुवारी १०मा बसेको बैठकले बहराइनमा क्रियाशील सम्पूर्ण वैचारिक सङ्गठन सामाजिक सङ्घ संस्था लगायत आदरणीय सामाजिक अभियानन्ता तथा पत्रकार महोदयहरुमा त्यस दिनमा कुनै पनि कार्यक्रमहरू आयोजना नगरी यस नेपाली जन सम्पर्क समिति बहराइनको कार्यक्रमलाई सफल पार्न सहयोग गरिदिन हुन समितिले अपिल गरेको छ ।

आगामी बैठकमा कार्यक्रम हुने स्थानको एकिन गरी नेपाली दूतावास बहराइन, बहराइनमा क्रियाशील सबै वैचारिक सङ्गठनहरू, सामाजिक सङ्घ संस्थाहरू, समाजका लब्धप्रतिष्ठित व्यक्तिहरू पत्रकारहरु तथा कलाकारलाई परिपत्र गरी समय स्थानको जानकारी गराउने समितिका उप सभापति कमल ज्ञवालीले हिमाल पोस्ट सँगको कुराकानीमा बताएका छन  ।