नेजस गाजियाबादद्वारा तीज कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

नेजस गाजियाबादद्वारा तीज कार्यक्रम सम्पन्न



भारत, उत्तरप्रदेशको गाजियाबादमा तीज कार्यक्रम सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति अन्र्तगत गाजियाबाद साखाको आयोजनामा उक्त तीज कार्यक्रम संपन्न भएको हो ।

नेजसले सधैका वर्ष जस्तै यो वर्षपनि नेपाली महिलाहरूको महान् चाँड तीजको कार्यक्रम सम्पन्न गरेको हो ।कबिनगरको हवेलीमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय प्रतिनिधि, क्षेत्रीय प्रतिनिधिहरू र शाखा समितिको सहभगिता रहेको थियो । सो कार्यक्रममा नेपाली महिलाहरूले मौलिक रूपमा तीज गीत गाएका थिए ।सो कार्यक्रमलाई कविनगर साखाले पनि साथ दिएको थियो ।

नेजसले प्रवासमा रहे पनि हरेक चेलीबेटीलाई निरस नहोउन भन्ने उदेश्यले विभिन्न साखाहरुद्वारा यस्ता कार्यक्रम गर्दै आएको नेजस उत्तर भारत क्षेत्रकी अध्यक्ष सुनिता कुँवरले जनाकारी गराईन ।

बिष्णु पोख्रेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन राजु कुँवरले गरेका थिए ।