नेजस गाजियाबाद र सगरमाथाको भैलो समापन सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेजस गाजियाबाद र सगरमाथाको भैलो समापन सम्पन्न



हिमाल पोस्ट /गाजियाबाद 

नेपाली जनसम्पर्क समिति गाजियाबाद र सगरमाथा च्यारिटेवल टट्रस्टको भैलो समापन कार्यक्रम आईतवार गाजियाबादमा सम्पन्न भएको छ ।गत महिना तिहारमा खेलिएको भैलो कारण बस हिजो मात्र समापन गरिएको हो ।

प्रवासमा रहेर पनि कला सस्कृतिको जगेर्ना गर्नुमा नेजस गाजियाबाद र सगरमाथाले विभिन्न समयमा गाजियाबादमा कार्यक्रमहरु गर्दै आएका छन् ।

भैलो समापनको प्रमुख आतिथ्यता भने क्षेत्रीय अध्यक्ष कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियो  । क्षेत्रीय महासचिव रुद्र मल्ल,नेजस केन्द्रीय सदस्य दुर्गा क्षेत्री ,नेजस कै  नुरदेव कुँवर, प्रदिप पौडेल र सुबोध पोख्रेल,आदिको हभागीता रहेको थियो ।

शाखा अध्यक्ष राजु कुवरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलाकर सुबोध पोख्रेलले आफ्नो प्रस्तुति दिएका थिए ।