नेजसको दिल्लीमा कार्यकर्ता सम्मान ,कंचनपुरको घटनाको भारतद्वारा दु:ख व्यक्त :निधि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेजसको दिल्लीमा कार्यकर्ता सम्मान ,कंचनपुरको घटनाको भारतद्वारा दु:ख व्यक्त :निधि



हिमाल पोस्ट /नयाँ दिल्ली चैत्र ४ 

नेपाली काँग्रेसको भातृ  संगठन  नेपाली जन सम्पर्क समिति भारतको आयोजनामा कार्यकर्ता सम्मान तथा स्थानीय निर्वाचनमा प्रवासी नेपालीहरुको भुमिका विषयक विचार गोष्ठि एवं अन्र्तक्रिया कार्यक्रम बिहिवार नयाँ दिल्लीको अईटियोमा   सम्पन्न भएको छ।  माननीय उपप्रधान मन्त्री एवं गृह मन्त्री साथै  नेपाली काँग्रेसका केन्द्रिय सदस्य विमलेन्द्र निधिको  प्रमुख  आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेजस अध्यक्ष बालकृष्ण पाण्डे, सांसद तथा ने. का. युवा नेता उदय समशेर राणा,डा.आरजु राणा देउवा ,सिए नेबिसंघका अध्यक्ष गिरु न्यौपाने,विद्यार्थी नेता सन्दिप राना ,नेपाल पत्रकार महासंघ भारत शाखा केन्द्रिय समितिका महासचिव गोबिन्द पोख्रेल ,नेपाली राजदुतावासका काउन्सेलर यादव राज खनाल, महिला संघ भारतकी महासचिव सुनिता कुँवर, डम्बर सुनार, नेका बाजुरा जिल्ला कार्य समितिका सदस्य शेर ब. खाती, तरुण दलका भारतका उपाध्यक्ष मोहन ब. शाक्य, दलित संघ भारतका उपाध्यक्ष ललित सुनार र नेबिसंघ बाजुराका अध्यक्ष सुरेन्द्र सिंह अतिथिको रुपमा  रहेका थिए ।

निधिले आफु एक विशेष अन्र्तराष्ट्रिय सम्मेलनमा आएको बताउदै सम्मेलनपछि विदेश मन्त्री शुष्मा स्वराज, गृह मन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार सँग भेटेर कंचनपुर घटनाबारे ध्यानाकर्षण गराएको बताउनुभयो । वहाँको यो भनाईप्रति राजनाथ सिंह र स्वराज दुबैले कञ्चनपुर घटना अपसोचपूर्ण घटना भन्दै निर्दोष व्यक्तिको मृत्यु भएकोमा दुःख व्यक्त गरेको पनि जानकारी गराउनु भएको थियो ।

बिहीबार विहान भएको भेटमा भारतीय गृहमन्त्री सिंहले गौमतको फरेन्सिक रिपोर्ट मागेका थिए । अपराहृन निधिले भारतीय विदेशमन्त्री स्वराजलाई भेट्दा नेपाल प्रहरीको ल्यावबाट फरेन्सिक रिपोर्ट आइसकेको थियो, जसमा गौतमको शरीरमा भेटिएको गोली नेपालका कुनै पनि सुरक्षा निकायमा लाग्ने हातहतियारमा प्रयोग हुने नगरेकाले गोली एसएसबीले हानेको ठहर गरिएको छ, भन्ने कुरालाइ ध्यानाकर्षण समेत गराएको वहाँले बताऊनु भयो  ।

नेजस भारतका अध्यक्ष पाण्डेले  स्थानीय निर्वाचन लगायत मुलुकमा हुने सबै निर्वाचनका लागि भारत प्रवासबाट लाखौं जनसागर नेपाल भित्राउने र नेकाको सहयोग गर्नेमा आफुहरु अग्रसर भएको कुरा  राख्नु भएको थियो  ।

विधार्थी नेता सन्दिप रानाले  स्थानीय विकास,योजना र बजेट दलीय भागबण्डा  नियुक्तिको नाममा दलीय नेता र सरकारी कर्मचारी सम्म भ्रष्टाचारले बलियो जरा गाडेको बताउदै  २० बर्ष पछि हुन गईरहेको स्थानीय निर्बाचनले   समस्या समाधानको बाटो  निकाल्ने छ। साथै यो निर्बाचनले नेपालमा लोकतन्त्र  अभ्यासलाई मजबुत बनाउने कुरामा जोड दिनु भएको थियो।

युवा नेता उदय समशेर राणाले युवाहरुको नेतृत्वले परिवर्तन ल्याउनसकिने भन्दै  अब हुने स्थानिय निर्वाचनमा युवाहरु अग्रसर भएर चुनाब लड्न जरुरी भएको बताउनु भएको थियो ।उहाले भारतसँग सम्बन्ध बलियो बनाउन जरुरी भएको बताउनु भयो ।

सिए नेबिसंघका अध्यक्ष गिरु  न्यौपानेले देशको आर्थिक विकासमा दक्ष्य जनशक्तिको आवस्यकता भएको भन्दै प्राविधिक ज्ञान भएको व्यक्तिलाई प्रोत्साहन गर्नको निम्ति जोड दिनु भएको थियो ।

उक्त कार्यक्रममा नेजस र नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।अर्जुन धरेलको अध्यक्ष्यता र रुद्र मल्लको संचालमा  सम्पन्न भएको थियो ।साथमा कालाकार कृष्ण सुनारले स्थानीय निर्वाचनमा प्रवासी दाजु-भाइको छ, खाँचो भन्ने गित गाएर मनोरंजन गराएका थिए ।

कार्यकर्ता  सम्मान 

कार्यक्रममा नेजसका कार्यकर्तालाई सम्मान स्वरुप प्रमाण पत्र दिएर सम्मान गरिएको थियो ।साथमा नेपाल पत्रकार महासंघका महासचिब गोबिन्द पोख्रेल ,सीए सरोकार दिल्ली ब्युरो प्रमुख ऋषि राम अधिकारि र हिमाल पोस्टका सम्पादकलाई पनि  सम्मान गरिएको थियो ।