नेकपा माओवादी केन्द्र सन्धिखर्क नगर समितिको पहिलो नगर सम्मेलन सन्धिखर्कमा सम्पन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेकपा माओवादी केन्द्र सन्धिखर्क नगर समितिको पहिलो नगर सम्मेलन सन्धिखर्कमा सम्पन्न



हरि प्रसाद भुसाल/अर्घाखाँची,फागुन २५

 नेकपा माओवादी केन्द्र सन्धिखर्क नगरपालिका नगर समितिको पहिलो नगर सम्मेलन आज सन्धिखर्कमा सम्पन्न भएको छ ।अधिवेशनले के बि भुसालको  अध्यक्षतामा ४७ सदस्यीय सन्धिखर्क नगर समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्णहरी भुसाल  सचिवमा शिव अधिकारी, कोषध्यक्षमा राधा नेपाली र सह सचिवमा बालकृष्ण आचार्य लगायत रहेका छन् ।

नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले उद्घाटन गरेको कार्यक्रममा सन्धिखर्क नगरपालिका क्षेत्रभित्रका सर्यौ नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै अर्घाखाँची जिल्ला क्षेत्र नं. १ का सांसद समेत रहेका रायमाझीले अबको युग शान्ति, स्थिरता, विकास र आर्थिक समृद्धीको युग रहेको भन्दै अबको आन्दोलन देशको समृद्धीको लागि हुनुपर्नेमा जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा महिला नेतृ कमला भण्डारी, जनमोर्चाका नेता गोविन् विसी, नेकपा माओवादी केन्द्र छत्रदेव गाउँपालिकाका अध्यक्ष रामलाल पराजुली, माओवादका जिल्ला संयोजक ठाकुर कुमार वि.क., जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्का उज्वल लगायतले मन्तव्य राख्दै लोकतन्त्रवादीहरुको हठका कारण प्रतिगामीहरुले टउको उठाउने सम्भावना रहेको बताएका थिए ।

कार्यक्रमको पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रम नगर अध्यक्ष राजेन्द्र प्रसाद भुसालको अध्यक्षता र केवि भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।अधिवेशनको अहिले बन्दशत्र चलिरहेको बताइएको छ । अधिवेशनमा नयाँ नेतृत्वको लागि तीव्र प्रतिष्प्रधा भइरहेको बताइएको छ ।