नेकपाको सचिवालय बैठक अनिश्चित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेकपाको सचिवालय बैठक अनिश्चित



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित कालका लागि सरेको छ । शुक्रबार बिहान ९ बजे बस्ने भनिएको बैठक अहिले सम्म बस्न नसकेको र पार्टी नेतृत्वबाट कुनै सुचना नआएकोले अनिश्चित बनेको बताइएको छ ।

आज बिहान बस्ने भनिएको बैठकले मन्त्रीमण्डल परिवर्तन र खाली रहेका नेताहरूलाई जिम्मेवारी दिने भनिएको थियो । मन्त्रिहरुको हेरफेर गर्ने खाका बालुवाटारमा तयार भएपछी आज बिहानलाई डाकिएको बैठक ११ बजे सम्म बस्न सकेको छैन ।

बालुवाटार स्रोतका अनुसार अहिले प्रधानमन्त्री केपी शर्मा ओली र विष्णु पौडेलले सचिवालय बैठक बस्ने समय र एजेण्डा तय गर्न छलफल गरिरहेका छन् । मन्त्रिमण्डल हेरफेर गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी ओलीले बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँग छलफल गरेका थिए ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले पार्टी र सरकारको जिम्मा लगाउने र आफूले स्वास्थ्य उपचारको लागि समय मिलाउने तयारी गरेको चर्चा चलेको थियो ।