नेकपाका ३२ वटै विभागको टुंगो,स्कूल विभाग ईश्वर पोखरेललाई - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेकपाका ३२ वटै विभागको टुंगो,स्कूल विभाग ईश्वर पोखरेललाई



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ३२ वटै विभाग नेतृत्व टुंगाे लगाएको छ । नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले विभाग नेतृत्व छिनोफानो गरेको हो ।

नेकपाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई विदेश विभाग प्रमुख बनाएको छ । अर्का पूर्व प्रप्रधानमन्त्री झलनाथ खनालले नीति तथा प्रतिष्ठानको नेतृत्व पाउनु भएको छ । धेरै आकांक्षी रहेको स्कुल विभाग उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोरेलले पाउनु भएको छ ।

सचिवालय सदस्य वामदेव गौतम संगठन विभाग प्रमुख बन्नु भएको छ । आर्थिक विभाग प्रमुख स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पाउनु भएको छ ।