नेकपामा विभाजन: एकता नटिक्ने सङ्केत - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेकपामा विभाजन: एकता नटिक्ने सङ्केत



काठमाडौं- सत्तारुढ दल नेकपाभित्र यतिबेला प्रचण्डको एउटा भाषणको कारण रडाको मच्चिएको छ । शुक्रबार अध्यक्ष प्रचण्डले राजधानीको एक कार्यक्रममा आफुले कसैलाई नमारेको, लपेटा नखाएको र नखाएको बताईरहँदा पार्टीभित्र नै यो चर्चाको बिषय बन्यो ।

पार्टी बाहिर पनि प्रचण्डको यो भाषणले तरङ्ग फैलिएको छ । सामाजिक सञ्जालमा पनि प्रचण्डको पक्ष र बिपक्षमा निकै बहस भैरहेको छ नै तर रोचक त के भने नेकपाकै केन्द्रीय सदस्य यो भाषणले विभाजित बनेका छन् ।

सामाजिक सञ्जालमा प्रचण्डमाथि १७ हजार मानिसको मृत्युको जिम्मेबार को भनेर प्रश्न उठिरहेका बेला आफ्नै पार्टीका केन्द्रीय सदस्यले समेत प्रचण्डमाथि व्यंग्य प्रहार गरेका छन्। यही भाषणको विषयलाई लिएर पूर्व एमालेका केन्द्रीय सदस्य सूर्य थापा र पूर्व माओवादी पक्षधर केन्द्रीय सदस्य एवं युवा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’बीच सामाजिक सञ्जालमै युद्ध छेडिएको छ।

नेकपाभित्रै प्रचण्डका बिरोधि बनेर चिनिएका केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्डको उक्त भाषणप्रति कडा आलोचना गरे। उनले जनयुद्धको नेतृत्व र निर्देशन आफ्नो र मरेकाहरु आफ्नै कारणले मरे भन्ने भन्दै प्रचण्डमाथि व्यंग्य गरेका छन्।

यस्तो छ सुर्य थापाले लेखेको स्टाटस

थापाको यो अभिब्यक्तिले सामाजिक सञ्जाल देखि नेकपा सम्म ठुलो चर्चा कमायो । चर्चा मात्र होइन सामाजिक सञ्जालमा वाक युद्ध नै चल्यो । कसैले उनको पक्षमा र कसैले बिपक्षमा टिप्पणी गरे ।

थापाको यो स्टाटस आएलगत्तै पूर्वमाओवादी पक्षधर केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफ्नो व्यक्तिगत विचार भन्दै सामाजिक सञ्जालबाटै सूर्य थापालाई पार्टी छाड्न सुझाब दिए।

उनले थापाले पार्टीको अनुशासन, आत्मानुशासन नमानेको र पार्टीको विधि र प्रक्रियाभन्दा बाहिर गएर नेतृत्वको आलोचना गरेका थिए। उनले अध्यक्षमाथिको बारम्बार हुँदै आएको आक्रमण आफूहरुलाई सह्य नहुने चेतावनी दिएका छन्।

यस्तो छ दीपशिखाको स्टाटस

लगत्तै थापाले फेरि सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिए। उनले दीपशिखालाई बिचराको सँज्ञा दिंदै अनुशासन र मर्यादाको पाठ नसिकाउन चेतावनी समेत दिंदै माओवादी पक्षघरको दादिागिरी स्वीकार्य नहुने समेत बताए।

यस्तो छ थापाको चेतावनी

यसरी एकतापछि पनि पार्टी भित्र निकै ठुलो मनमुटाव, चेतावनी, र खुल्ला आलोचना हुनु भनेको राम्रो सङ्केत होइन । यो काण्डले नेकपाभित्रै एकताको ठुलो समस्या छ भन्ने प्रष्ट देखाउँछ ।

पार्टीकै केन्द्रीय सदस्यहरू एक अर्काको गाली गलौजमा उत्रिनुले पार्टीभित्र ठुलो समस्या छ भन्ने प्रष्ट पार्दछ । यदि यस्ता प्रकृतिका घटना भैरहनेहो भने नेकपाको भविष्य राम्रो छैन भन्ने देखाउंछ ।