नेकपा एमालेले बाढी प्रभावित क्षेत्रमा जनवर्गीय संगठनहरु खटायो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेकपा एमालेले बाढी प्रभावित क्षेत्रमा जनवर्गीय संगठनहरु खटायो



 

२९ साउन, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराई मधेसका बाढी प्रभावित जिल्लाहरुमा राहत तथा उद्दारका लागि जनवर्गिय संगठनहरुलाई खटाएको छ ।

एमाले मोर्चा संगठनको आइतबार बसेको बैठकले पीडितहरुको उद्दार, राहत र पुनस्र्थापनामा राज्यको सम्पूर्ण शक्ति लगाउन सरकारसँग माग
पनि गरेको छ । साथै बाढी प्रभावित जिल्लाहरुमा राहत तथा उद्दारका लागि जनवर्गीय संगठनहरुलाई खटाएको हो ।
सप्तरीमा युवा संघ र भूमिहीन सुकुम्बासी संगठन, सिराहामा अनेरास्ववियु, धनुषामा अखिल नेपाल महिला संघ, महोत्तरीमा लोकतान्त्रिक मधेसी संगठन र आदिवासी महासंघ, सर्लाहीमा अखिल नेपाल किसान संघ, रौतहटमा बुद्धिजिवी परिषद् र मानवअधिकार एलाइन्स र बारामा खेलकुद महासंघलाई खटाइएको नेकपा एमालेले जनाएको छ । यस्तै पर्सामा जिफन्ट, झापामा जनसाँस्कृतिक महासंघ र मुक्ति समाज, मोरङमा पेसागत महासंघ, सुनसरीमा उद्योग वाणिज्य र कानुन व्यवसायी, बर्दियामा भूपू सैनिक संघ, बाँकेमा मानवअधिकार एलाइन्स र कपिलबस्तुमा मुस्लिम इत्तेहाद संगठन र लोकतान्त्रिक अपांग संघलाई खटाएको छ ।

एमाले बैठकले स्थानीय कमिटी र जनवर्गीय सगठनहरुलाई सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरेर राहतमा जुट्न भनेको छ ।