नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने



काठमाडौं, असोज १५ ।

संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रक्रिया अघि बढाउने बताएको छ ।

आइतबार बिहान बसेको एमाले स्थायी कमिटीको बैठकले आगामी निर्वाचनमा सम्पूर्ण वामपन्थी र प्रगतिशिल पार्टीसंग एकता गर्दै चुनाबको तयारी जुट्ने निर्णय गरेको हो ।

मंसिर १० र २१ गतेका लागि तय प्रदेश र प्रतिनिधी सभा निर्वाचनको रणनीति तय गर्न बोलाइएको स्थायी कमिटीमा बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारी र पार्टीको अवस्थाका बारेमा आफ्नो धारणा राखेका थिए ।

स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणामसंगै सबै राजनीतिक दलको स्थितिको विश्लेषण गर्दै एमाले स्थायी कमिटी बैठकले माआवादी केन्द्र सहितका बामपन्थी शक्तिलाई साथमा लिएर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिनुपर्ने निष्कर्ष निकालेको हो ।