नेकपा मालेकी सांसद कलसा महरा माओवादी केन्द्रमा प्रवेश - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेकपा मालेकी सांसद कलसा महरा माओवादी केन्द्रमा प्रवेश



काठमाडौं : नेकपा मालेकी सांसद कलसा महरा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन्। माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित विशेष कार्यक्रमका बीच सांसद महरासहित ७ नम्बर प्रदेशका माले नेता/कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश !

पार्टी प्रवेश कार्यक्रममा नेकपा मालेकी सांसद कल्सा महरालगायतलाई प्रचण्डले टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए । “तपाईहरुले ठीक समयमा सही निर्णय गर्नुभयो, अब देश र जनताको बृहत्तर हितका लागि अघि बढ्नुस् ।” प्रचण्डले भने ।

सांसद महरासँगै माले कञ्चनपुर जिल्ला कमिटीका नेताहरु उमा शाही, कमला भट्ट, जानकी ठगुन्नालगायत पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नवप्रवेशीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता प्रचण्डले वामपन्थी र कम्युनिष्टहरुको शक्तिशाली पार्टी निर्माणको क्रम शुरु भएको बताए ।

नेपालमा अब शक्तिशाली कम्युनिष्ट पार्टीले शासन गर्ने र समाजवादको आधार तयार पार्ने उनको भनाई थियो । “वामपन्थी कम्युनिष्ट र प्रगतिशील शक्तिहरुको एउटै शक्तिशाली पार्टी बनाउने, देशको राजनीतिक नेतृत्व लिने र जनचाहना अनुसार सामाजिक र आर्थिक विकास गर्ने प्रक्रिया अघि बढेको छ” उनले भने।

नेपालमा राजनीतिक इच्छाशक्ति हुने हो भने विकास र समृद्धि सम्भव छ भन्ने कुरा आफ्नो प्रधानमन्त्रीत्वकालमा पुष्टि भएको उदाहरण दिँदै प्रचण्डले देशमा धेरै पार्टी हुनुभन्दा निश्चित पार्टी भएको खण्डमा यसले राजनीतिक स्थिरता र समृद्धिको ढोका खोल्ने जिकिर गरे ।