नेकपा माओवादी पुनर्गठन भएकै हो त ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेकपा माओवादी पुनर्गठन भएकै हो त ?



भक्तपुर- नेकपा माओवादी पुनर्गठन भएको दावी गरिएको छ । जनयुद्द र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै मंगलबार भक्तपुरको रफत संचार क्लवमा पत्रकार सम्मेलन गरी ३१ सदस्यीय केन्द्रिय कमिटी निर्माण भएको घोषण समेत गरिएको छ ।

नेकपा माओवादी पुनार्गथान भएको घोषणा गर्दै नवगठिन नेकपा माओवादीका अध्यक्ष जुनेल जीपीले हाल सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सर्वहारा जनताको मुद्दा स्थापित गर्न नसकेको र सत्ताकै लागि मात्र लडाई गरेकाले बाध्य भएर आफूहरुले नेकपा माओवादी पुनर्गठन गर्न बाध्य भएको बताए ।

उनले देशको निकास र विकासका लागि नेकपाले काम गर्न नसकेकाले आफूहरुले नेकपा माओवादी पुनर्गठन गरेको बताए । उनले भने, ‘प्रचण्ड र बादलसँग पटक पटक बार्ता गर्दा पनि जनयुद्दका घाइते, अपांग, मजदुर किसानको मुद्दालाई बेवास्ता गरेपछि पार्टी पुनर्गठनको घोषणा गरिएको हो ।’

घोषणा साभा कार्यक्रममा नवगठिन नेकपा माओवादीका प्रवत्ता डेनीस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा जनताको मागलाई उपेक्षा गरिएपछि आफूरुले नेकपा माओवादी घोषणा गर्न बाध्य भएको बताए ।