राष्ट्रियसभाको चुनावमा नेकपा र राजपा तालमेल गर्ने सहमति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राष्ट्रियसभाको चुनावमा नेकपा र राजपा तालमेल गर्ने सहमति



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको दुई दलबीच सहमति गर्दै सहकार्य गर्ने भएका हुन् ।

बालुवाटारमा भएको छलफलमा राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति गरेका हुन् ।

त्यस्तैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ ।

अन्य राष्ट्रिय राजनीतिका समसामयीक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्य गर्ने तथा सहकार्यको प्रकृयालाई अघि बढाउने सहमति पनि भएको छ ।

सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपा नेपालको तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।