कञ्चनपुरको पुनर्वासमा नेकपाका तामाङ विजयी - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

कञ्चनपुरको पुनर्वासमा नेकपाका तामाङ विजयी



कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन् । उनले ५ सय २८ मत ल्याउँदै वडा नं ३ को वडाध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलवहादुर लामाले ३ सय १० मत पाएका छन् ।

त्यसैगरी समाजवादी पार्टीका भिम बहादुर तामाङले ७५, राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरेका छन् भने बदर मत ४ रहेको छ । ११९९ मतदाता संख्या रहेको सो वडामा ९२४ जना मतदाताले मतदान गरेका थिए ।