नेम्वाङ भन्छन्: सरकार झन बलियो भयो, प्रचण्ड-नेपाल डराए - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेम्वाङ भन्छन्: सरकार झन बलियो भयो, प्रचण्ड-नेपाल डराए



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुर्नस्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् ।

ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता नेम्वाङले प्रतिनिधिसभा विघटनसँगै काम चलाउ भएको सरकार पुर्नस्थापनापछि थप बलियो भएको जिकिर गरेका हुन् ।

नेता नेम्वाङले सरकार दह्रो भएसँगै सरकारलाई काम चलाउ भन्नेहरूलाई अप्ठ्यारो परेको भन्दै व्यङ्ग्य गरे । उनले जनतामा जाने प्रधानमन्त्रीको निर्णय लोकतन्त्र सम्मत भए पनि प्रतिनिधिसभा पुर्नस्थापनासँगै फेरि संसदमा फर्किएको सम्बन्धमा चिन्ता गर्नुपर्ने आवश्यक नभएको टिप्पणी गरे ।

प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चर्चा भए पनि सरकारले जनुसुकै प्रस्तावको सामना गर्ने स्पष्ट पारे ।

अविश्वासको प्रस्ताव फेल भए सरकार फेरि एक वर्ष चल्ने भएकाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन डर लागेको नेम्वाङको दावी छ ।