नेपालको अग्रता कायमै - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपालको अग्रता कायमै



काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले अहिले चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

कुवेतको राजधानी कुवेत सिटीमा भइरहेको खेलमा पहिलो हाफमा सकिँदा नेपालले अग्रता बनाउन सफल भएको हो ।
नेपालले खेलको चौथो मिनेटमा अग्रता बनाएको नेपालले १–० गोलको अग्रता बनाएको छ ।

नेपालका लागि खेलको चौथो मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपालकालाई अग्रता दिलाएका थिए ।

उनले पेनाल्टी मार्फत गोल गरेका हुन् । आजको खेलमा नेपाल जित्ने पर्ने दबाबमा छ ।

आजको खेलमा नेपाल जित निकाल्दै एसिया कपका लागि आफूलाई बलियो बनाउने योजनामा रहेको छ ।
नेपालको विश्वकप छनोटको अघिल्लो चरणको सम्भावना भने समाप्त भइसकेको छ ।