नेपाल एयरलाइन्स चीनको ग्वाङ्झाउ उडान गर्ने अनुमति - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपाल एयरलाइन्स चीनको ग्वाङ्झाउ उडान गर्ने अनुमति



काठमाडौं । नेपाल एयरलाइन्सले अब चीनमा पनि उडान भर्ने भएको छ । चीनको ग्वाङ्झाउमा उडान गर्ने अनुमति मागेको नेपाल एअरलाइन्सले अनुमति पाएको बताइएको छ ।

सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले उडान अनुमति दिएको बुझिएको छ।

निगमसँग अहिले ४ वटा जहाज छन् । ती जहाजबाट निगमले अहिले ८ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । साविकका गन्तव्य प्रभावित नहुने गरी उडान तालिका मिलाएर मिति सार्वजनिक गरिने उनले बताए ।

नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण इयूको कालोसूची नहे पनि चीनको अनुमति प्राप्त भएको हो ।

यसअघि नेपाल एयरलाइन्सको सेफ्टी अडिट गरेर मात्रै अनुमति दिने चीनले बताए पनि पछि त्यो आवश्यक ठानेन ।