नेपाल बेच्ने नेताहरु ! आखिर के के बेचे ? - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

नेपाल बेच्ने नेताहरु ! आखिर के के बेचे ?



हस्तवहादुर केसी

नेपालका नेताहरुले बिभिन्न समयमा देश नबेचेको भए , नेपालका नदी नालाहरु भारतदाई नबेचेको भए, आज यसरी नेपालको भूभाग पानीले डुप्ने थिएन । सैयौ नेपाली नागरिगहरुले आफ्नै देशका नेताका कारणले आफ्नै घर आगनमा पानीमा डुबेर ज्यान हाल्नु पर्ने थिएन र बाचेहरुले पनि बाढिले सबै खेत वारी लत्ता(कपडा , भाँडा–कुँडा, गाई–भ‌ैसी बाख्रो–पाठो आफ्नै आँखाले हेर्दाहेर्दै बगाएर लगेको देख्नु पर्ने थिएन ।

आफ्नै नेताले यसरि गध्दारी गरेर भारतसंग नदीनाला नबेचदिएको भए र नेपाल र नेपाल र भारतको सिमानामा पर्ने नदिनालाहरुमा बाँध नबाँधि दिएक‍ आज यसरी पानीमा डुबेर अकालमा ज्यान गुमाउनु पर्ने थिएन र घर-गोठ, खेत-वारी , श्रीसम्पति र छोराछोरी , कलिला लालावालाहरु गुमाउनु पर्ने थिएन ।

आफनै नेताले देश नबेचि दिएको भए , नदिनालाहरु नबेचि दिएको भएन , नदिहरुमा बाँध नबाँधिएको भए आज नेपाली जनताहरु यो वर्षाको झरिमा रातदिन पाखै पानीमा घाँटी सम्म डुबेर दिन काट्नु पर्ने थिएन ।

को को थिए त ? देश बच्ने नेताहरु, नदी–नालाहरु बेच्ने नेताहरु ?

१) मातृका प्रसाद कोइराला :

नेपालीका प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले विक्रम सम्वत २०११ साल बैशाख १२ गते भारत सरकारसंग कोसी नदी बेचेका थिए, जसलाई कोसी संझौता भनिन्छ । यो राष्ट्रघाती संझौता थियो ।

कोसी संझौताले वर्षा याममा भारतको विहारमा पानीक‍ो डुवानबाट बचाउने काम गर्छ किनकि वर्षा यामा कोसी नदिका बाँधका सबै ढोकाहरु बन्द गरिदिन्छ भारतले पानी थुनिएर नेपालको पुरै तराइको डुबाउँछ, जो हिजो आज डुवाइरहेको छ ।

हिँउदमा कोसी बाँधका सबै ढोकाहरु भारतले खोलिदिन्छ र नेपाल सुख्खा रहन्छ र भातको विहारमा सिंचाई गरिन्छ । कोसी बाँधका साँचाहरु भारतसंग हुन्छ ।नेपालले मागेको वेला उसले दिदैन र नेपालको तराइको सम्पूर्ण भूभाग डुब्छ, तराइका जनता पानीमा डुबेर मर्न बाध्ये हुन्छन् र नेपाली जमीन बाढिले बगाएर भारततिर पुर्याइ दिन्छ वर्षेनी ।

२) बी.पी. कोइराला :

तत्कालिन नेपाली कांग्रेसका प्रधानमन्त्री वी । पी । कोइरालाले विक्रम सम्वत २०१६ साल मंसिर १९ गत भारत सरकारसंग गण्डकी नदी बेचेका थिए, जसलाई गण्डक संझौता भनिन्छ । गण्डक संझौता असमान संझौता थियो ।

३) महाकाली सन्धी (संझौता) :
id=”attachment_59373″ class=”wp-caption aligncenter”>

हस्त बहादुर केसी

महाकाली सन्धि नेपाली कांग्रेसका शेर वहादुर दउवा र नेकपा एमालेका केपी ओली र माधव नेपालले २०५३ साल असोज ४ गते मध्यराती संसदको दुइतिहई मतले पारित गर्न लगाएर भारतलाई बेचेका थिए ।

४) गिरिजा प्रसाद कोइराला :

तत्कालिन नेपाली कांग्रेसका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले २०४६ सालको परिवर्तन पछि टनकपुर संझौता गरेका थिए । यसमा राष्ट्रघात गरिय‍ो भनेर ठूलो आन्दोलन समेत भएको थिो । पछि यसै टनकपुर संझौतामाथि टेकेर शेर वहादुर देउवा केपि ओली र माधव नेपाल मिलेर असमान तथा राष्ट्रघाती संझौता गरेका थिए ।

यसका अतिरिक्त यी राष्ट्रघाती तथा गध्दार नेताहरुले लक्ष्मणपुर बाँध, खुर्दलोटन बाँध लगायत २२ नेपालका नदी नालाहरुमा नेपाल र भारतको सपमानामा भारतलाई फाइदा पुग्ने गरि अर्थात् वर्षायाममा ढोका बन्द गरिदिने र हिँउदमा खुला राख्ने सर्तमा भारतसंग बाँध बाँधेर हिंउदमा नेपालला सुख्खा पार्ने र वर्षामा डसवानमा पार्ने गरि संझौता गरेका कारण आज यसरी नेपालको अतुलनीय धनजनको नोक्सानी भइरहेको छ ।

फरकपत्र बाट