नेपाल–भारत प्रबुद्ध समूहको बैठक चैत २३ र २४ गते - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाल–भारत प्रबुद्ध समूहको बैठक चैत २३ र २४ गते



काठमाडौँ,  चैत १८ गते  ।

नेपाल–भारत प्रबुद्ध समूहको बैठक यही चैत २३ र २४ गते यहाँ हुने भएको छ ।

प्रबुद्ध समूहको तेस्रो बैठक बस्ने मिति तय भएको समूहका सदस्य सांसद डा राजन भट्टराईले राससलाई जानकारी दिनुभयो । गत जनवरीमा बस्नुपर्ने बैठक स्थगन भएर पुनःबस्न लागेको हो । पहिलो बैठक गत जुलाइ र दोस्रो अक्टोबरमा भएको थियो । तेस्रो बैठकका समयमा भारतमा निर्वाचन परेकाले बैठक सरेको थियो । हरेक तीन महिनामा बैठक आयोजना हुन्छ ।

बैठकमा सन् १९५० को नेपाल–भारत सन्धि, दुई देशबीच जलस्रोत, व्यापार, पारवहन तथा सामाजिक सांस्कृतिकलगायत विषयमा छलफल हुने डा भट्टराईले बताउनुभयो । प्रबुद्ध समूहमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्याय र परराष्ट्रविद् डा राजन भट्टराई तथा भारतबाट भगतसिंह कोसियारी, डा महेन्द्र पी लामा, बिसी उप्रेती र जयन्तप्रसाद हुनुहुन्छ । रासस