डाईभर्सिटी सल्लाहकार बोर्डमा नेपाली डा. बिष्णुमाया नियुक्त - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डाईभर्सिटी सल्लाहकार बोर्डमा नेपाली डा. बिष्णुमाया नियुक्त



२० माघ, अमेरिका । नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियार अमेरिकाको डाईभर्सिटी सल्लाहकार बोर्डमा नियुक्त भएकी छन् ।

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीका मेयर स्टेफन फुलपले एक्सिक्यूटिभ अर्डर जारी गरी नेपाली सामाजिक अभियन्ता डा. परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेका हुन् ।

१२ सदस्यीय सल्लाहकार बोर्डमा साउथ एशियन कम्यूनिटीबाट परियारलाई नियुक्त गरिएको हो । जर्सी सिटी सहरमा साँस्कृतिक, भाषिक, लैंगिक क्षेत्रको आधारमा हुने विभेदको अन्त्य गर्न अफिस अफ डाईभर्सिटी तथा ईन्क्लुसनअन्तर्गत सल्लाहकार बोर्ड स्थापना गरिएको छ ।

दुई वर्षको पदावधि रहेको उक्त सल्लाहकार बोर्डको को चेयारमा काउन्सिल पर्सन एट लार्ज जोएस वाटरम्यान र प्रमुख डाईभर्सीटी अफिसरमा रेगिनाल्ड मेकारीया नियुक्त भएका छन् ।