नेपानीहरू कोरोनाबाट सुरक्षित हुनुको रहस्य - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपानीहरू कोरोनाबाट सुरक्षित हुनुको रहस्य



काठमाडौं- कोरोना सङ्क्रमण र रोकथामबारे निरन्तर सचेतना गराइरहेका जनस्वास्थ्य विज्ञडा. रवीन्द्र पाण्डेले नेपाल कोरोना सङ्क्रमणबाट सुरक्षित हुनुको रहस्य खोलेका छन् ।

सरकार तथा सम्बन्धित निकायले प्रभावकारी रूपमा फैलाउन नसकेको सचेतना डा. पाण्डेले निरन्तर जनतासामु पु-याउँदै आएका छन् ।

महामारी फैलिएसँगै हरेक दिन नयाँ नयाँ सुझाव, कोरोनाबाट सुरक्षित हुने उपाय, कोरोना संक्रमणबारे भएका भ्रम र रोग प्रतिरोधक क्षमता बढाउनेबारे लेखिरहेका डा. पाण्डेले कोरोना संक्रमणबाट हामी नेपाली सुरक्षित हुनुका यस्ता रहस्य बताएका छन् ।

१. हामी सुख दुख सहन अभ्यस्त छौं । कठिनाइको हिमाल चढ्ने बानी हाम्रो जीनमा छ । २. हामीले दैनिक ताजा खाना खान्छौं । नास्ता, खाना, खाजा, खाना, चिया, कफी जे खाएपनि ताजा खान्छौं । फ्रिजको बासी खाना तथा बाहिरको खाना खाने हाम्रो संस्कार छैन ।

३. हामी परिश्रमी छौं । शारीरिक परिश्रम हाम्रो बानी हो । ४. हाम्रो खानामा प्रयोग गर्ने बेसार, अदुवा, लसुन, प्याज, टिमुर,ज्वानो, दालचिनी, तेजपात, मरौटि, पुदिना, सम्फो, जुदो, सिलम, मरीच, जिम्मु आदिमा रोग प्रतिरोधात्मक क्षमता प्रचुर हुन्छ ।

५. हामीले ट्वाक्क खाने अमिलो, पिरोमा प्रचुर भिटामिन सि पाइन्छ । ६. तेलले मालिस गरेर, तालुमा तेल ठोकेर तथा प्राकृतिक खाना खाएर हामी हुर्किएका हौँ ।

७. हामी नाचगान, हाँसोठट्टा तथा रमाइलो धेरै गर्छौं । हाम्रा चाडपर्व सबै रमाइला र भोजभतेर गर्ने टाइपका छन् । ८. भबितब्यमा पनि रमाउने, सहने हाम्रो बानी छ ।

९. हामी दैनिक चिया खान्छौं । चियामा एन्टी अक्सिडेन्ट गुण हुन्छ । १०. भटमास, च्युरा, गुन्द्रुक, मस्यौरा, भटमास, क्वाटी, खिचडी, मोही, साँधेको बदाम आदिले हाम्रो आन्तरिक प्रणाली बलियो छ ।

११. हामीले ट्वाइलेट पेपर, टिस्स्यु पेपर, काँटा चम्चा तथा नेप्किनको प्रयोग कम गर्छौं । त्यस्तै वासिंग मेसिनको प्रयोग थोरैले गर्छौं । यसको मतलब हामीले बिहानदेखि साँझसम्म दर्जनौं पटक हात धोइरहन्छौ । पानीसंग खेल्ने हाम्रो बानीले कोरोना संक्रमणको चेन ब्रेक गर्दछ ।

१२. हामीले खाने चटनी ( गोलभेंडा, भांगो, धनियाँ, पदिना, बत्तिलो घिरम्लो,कुटेको आलु, काँचो आँप, खट्टा बैगुन, पोलेर पिसेको भान्टा, तील, फर्सीको बियाँ आदिको ) र छोप स्वादिलो मात्र हैन, एन्टी सेप्टिक पनि छ ।

१३. केराको बुङ्गो, कोइरालाको फूल, काभ्रोको मुना, सजीवन, लप्सी, सिप्लिकान, भक्किम्लो, सित्तलचिनी, गोलभेंडाको भेत्तल आदिको अचार निकै स्वस्थबर्धक हुन्छ ।१४. हाम्रा परम्परागत खाना जस्तै नेवारी खाजा, थकाली खाना लगायत निकै सन्तुलित छन् ।

१५. हामीले पुजा गर्दा थाहा नपाइ मेडिटेसन गरिरहेका हुन्छौं । १६. दुध, दही, घ्यु, हरियो सागसब्जी, दाल, भात, रोटी, फापर, मकै, कोदो, चना, केराउ, मौसम अनुसारका फलफुल निकै स्वस्थबर्धक हुन्छन् ।

१७. अयला, जांड, छ्यांग, तोम्बा, कोदाको ठर्रा, तीनपाने, ताडी लगायतका घरेलु रक्सी उचित मात्रामा खाँदा स्वास्थ्य बिग्रेको हुँदैन । १८. हामीले आफनी बारी, खेत, करेसाका तरकारी ताजा टिपेर खाने गर्दछौं ।

१९. हाम्रो खानाको रुटिन निकै बैज्ञानिक छ । बिहानदेखि रातिसम्म धेरैपटक खाना / खाजा खान्छौं । २०. तत्काल काटेको मासु खाने प्रचलन निकै स्वस्थकर छ । हामीले फ्रोजन मासु ल्याएर, फ्रिजमा राखेर महिनौं खादैनौं ।

२१. हामी कहाँ अत्यधिक मोटोपनको समस्या छैन । २२. हामीहरु मुख बार्न निकै सिपालु छौं । २३. बिभिन्न बारमा ब्रत बस्ने चलनले पाचन प्रणालीलाई तरोताजा राख्दछ ।

२४. आयुर्बेद, योग, प्राकृतिक चिकित्सा, हिमालय मेडिसिनको स्थानीय स्तरमा निकै प्रयोग हुन्छ । २५. तन्त्र, मन्त्र, लागो, धामीझाँक्री आदिको मनोबैज्ञानिक पक्ष आत्मबल बर्धक छ ।